डुडुवामा स्वस्थ जीवनशैलीबारे अभिमुखीकरण

सदरलाइन संवाददाता १८ बैशाख २०८०, सोमबार १३:३७
 

नेपालगञ्ज : बाँके डुडुवा गाउँपालिका–०४ शाहपुर्वामा पालिकास्तरीय स्वस्थ जीवनशैली अभियान तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । नागरिक आरोग्य कार्यक्रम अन्तर्गत बाँके आयुर्वेद स्वास्थ्य केन्द्र नेपालगन्ज बाँकेले कार्यक्रमको आयोजना गरेको थियो ।

बाँके आयुर्वेद स्वास्थ्य केन्द्र नेपालगञ्जका कार्यालय प्रमुख डा. अनिल कुमार चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथीका रुपमा जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरी, डुडुवा गाउँपालिका उपाध्यक्ष शाहिदा बानो विशिष्ट अतिथीका रुपमा सहभागि भएकी थिईन् ।

बाँके आयुर्वेद स्वास्थ्य केन्द्र नेपालगञ्जको स्वीकृत वार्षिक कार्यक्रम अनुसार नागरिक आरोग्य कार्यक्रम पालिकास्तरीय स्वस्थ जीवनशैली अभियान तथा अभिमुखिकरण कार्यक्रम गरिएको थियो ।

कार्यक्रमका सहभागिहरुलाई नसर्ने रोगहरुको न्युनिकरण, उचाई र तौल अनुसार परिक्षण, सुगर परिक्षण गर्दै मानिसको आहार विहार, प्राकृतिक खाने कुराहरुको बारेमा जानकारी दिइएको थियो ।


‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी’ नाराका साथ गरिएको अभिमुखिकरण कार्यक्रममा मानिसको जीवनशैलीलाई कसरी स्वस्थ बनाउने, प्राकृतिक उपचार पद्धति, योगहरुका बारेमा जानकारी दिइएको थियो ।

कार्यक्रममा डुडुवा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद गुरुङ, वडा नम्बर १ अध्यक्ष पटेश्वर कुर्मी लगायतको उपस्थिती रहेको थियो ।

पालिका स्तरीय स्वस्थ जीवनशैली अभियान तथा अभिमुखीकरण कार्यक्रमको उद्देश्य र विषयवस्तुको बारेमा बाँके आयुर्वेद स्वास्थ्य केन्द्र नेपालगन्जकी डा.गीता रेग्मी र कार्यालय प्रमुख अनिल कुमार चौधरीले सहजीकरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अध्यक्ष शाहीद्वारा विश्व मजदुर दिवसको शुभकामना व्यक्त

१८ बैशाख २०८०, सोमबार १३:३७
बैजनाथ (बाँके) : बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले विश्व मजदुर दिवस ९मे १० २०२३ को अवसरमा शुभकामना व्यक्त गरेका छन् । शाहीले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली श्रमजीवीहरूमा शुभकामना व्यक्त गरेका हुन् । श्रमिकहरूको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन र उनीहरूको हक, अधिकार स्थापित भएको दिनको रूपमा […]

सम्बन्धित