सदरलाइनडटकम,
नेपालगञ्ज : बाँके प्रहरीले गत असार ३ गते राती ईलाका प्रहरी कार्यालय धनौलीको हिरसत कक्षबाट फरार रहेको लागू औषध हिरोईन (ब्राउन सुगर) मुद्दाको अभियुक्तलाई पुनः नियन्त्रणमा लिएर आवश्यक अनुसंधान सुरु गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले जारी गरेको प्रेस विज्ञप्तीमा लागू औषध मुद्दामा फरार रहेका नेपालगन्ज–३ बस्ने सिमोन विकलाई मंगलबार प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । बिकसंगै हिरासत तोडि भागेका सार्वजनिक शन्ति विरुद्धको कसुर मुद्दाका खजुरा–३ का निर्मल थापा र उज्ज्वल कार्कीलाई गत साउन ४ गते नै नियन्त्रण लिएको थियो ।
यसैगरी बाँके प्रहरीले चेरी अभियोगमा बाँके जिल्ला अदालतले १ महिना कैद र ३५ हजार जरिवाना तोकेका बाँके बैजनाथ–५ का अरुण थारुलाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि जिल्ला अदालतमा बुझाईएको सो विज्ञप्तीमा जनाईएको छ ।
