लुम्बिनी प्रदेशका नववियुक्त मुख्यमन्त्री चौधरीले लिए शपथ

सदरलाइन संवाददाता १५ बैशाख २०८०, शुक्रबार १५:३२
 

नेपालगञ्ज : लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले उनलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम शपथ खुवाएका हुन् ।

शपथ ग्रहण समारोहमा निवर्तमान मुख्यमन्त्री लीला गिरीसहित गठबन्धन दलका नेता–कार्यकर्ता सहभागी थिए । सत्ता साझेदार दलहरूबीच मन्त्रालय भागबण्डामा कुरा नमिल्दा तीन मन्त्रीले बिनाविभागीय मन्त्रीका रुपमा शपथ लिने भएका छन् ।


मुख्यमन्त्री चौधरीले माओवादी केन्द्रका धनबहादुर मास्की राना, नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी र लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोष पाण्डेलाई बिनाविभागीय मन्त्री नियुक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

किसान परिचय पत्र वितरण गरिँदै

१५ बैशाख २०८०, शुक्रबार १५:३२
नेपालगञ्ज : तुलसीपुर उपमहानगरपालिकाले किसान परिचय पत्र वितरण गरेको छ । स्थानीय किसानले उत्पादन गरेका कृषिजन्य वस्तु प्रोत्साहन गर्नका लागि परिचयपत्र वितरण गर्न सुरु गरिएको हो । तुलसीपुर उपमहानगरपालिकाले बजार क्षेत्रमा स्थानीय किसानहरुले उत्पादन गरेका कृषिजन्य वस्तुको विक्री गर्नका लागि किसान परिचय पत्र उपलब्ध गराएको छ । कृषि शाखाका प्रमुख […]