बागेश्वरी मन्दिरको महाआरतीमा पूर्वराजा शाह आउने

सदरलाइन संवाददाता ४ बैशाख २०८०, सोमबार १३:३४
 

नेपालगञ्ज : बागेश्वरी मन्दिरमा गरिने महाआरतीमा सहभागी हुनका लागि पूर्वराजा ज्ञानेन्द्र शाहलगायत तत्कालीन राजपरिवार नेपालगञ्ज आउने भएका छन् ।

पश्चिम नेपालको विभिन्न जिल्लाको भ्रमणमा निस्किने क्रममा पूर्वराजा ज्ञानेन्द्रसहितका तत्कालीन राजपरिवारका सदस्य नेपालगञ्ज आउने र बागेश्वरी मन्दिरमा हुने महाआरतीमा सहभागी हुने कार्यक्रम बनाइएको छ ।

पूर्वराजा वैशाख १८ गते नेपालगञ्ज आउने कार्यक्रम रहेको छ । पूर्वराजाले एक महिना नै नेपालगञ्जमा बसेर सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न जिल्लाको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।


पूर्वराजालाई नागरिक अभिनन्दन गर्ने र नेपालगञ्ज बसाइ सुखद् बनाउनका लागि राजावादी तथा हिन्दुवादीहरू छलफलमा जुटेका छन् । पूर्वराजाको भ्रमणबारेमा छलफल गर्न राजाका सचिव सागर तिमिल्सेना नेपालगञ्ज आएका छन्। सचिव तिमिल्सेनाले नेपालगञ्जमा राजावादी पार्टी, भातृ संगठन, हिन्दुवादी संघ संस्था तथा व्यक्तिसँग छलफल गरिरहेका छन् ।

नेपालगञ्जको बागेश्वरी मन्दिरमा केही महिनादेखि हरेक सोमबार महाआरती गर्ने गरिएको छ। महाआरतीमा दिनप्रति दिन भक्तजनको घुँइचो लागिरहेको छ । पश्चिम नेपालको प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरमा बाह्य तथा आन्तरिक पर्यटकको सधौ भीड हुने गर्दछ ।

हरेक सोमबार महाआरती हुने भएपछि भक्तजनहरू स्वस्फूर्त आउने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै मातृ मृत्यु दर

४ बैशाख २०८०, सोमबार १३:३४
नेपालगञ्ज : लुम्बिनी प्रदेशमा सबैभन्दा बढी मातृ मृत्यु दर हुने गरेको पाइएको छ । सातवटा प्रदेशमध्ये लुम्बिनीमा मातृ मृत्यु दर धेरै हुने गरेको हो । मातृ मृत्युदर बर्षेनि बढ्दो क्रममा छ । बितेको पाँच वर्षको तथ्यांक अनुसार यो प्रदेशमा सुत्केरी हुने क्रममा ३२४ जनाले ज्यान गुमाएका छन् । आर्थिक वर्ष […]