असई चौलागाईंविरुद्ध बलात्कारको मुद्दा दर्ता

सदरलाइन संवाददाता १४ श्रावण २०७९, शनिबार १३:०४
 

नेपालगञ्ज : इलाका प्रहरी कार्यालय कोहलपुरको मुद्दा शाखामा कार्यरत असई प्रविण चौलागाईं बिरुद्ध बलात्कार मुद्दा दर्ता भएको छ ।

बाँके जिल्ला प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौंपानेका अनुसार शनिवार पीडित महिला आफ्ना आमा बुवाको साथ जिल्ला प्रहरी कार्यालय नेपालगञ्जमा आएर असई चौलागाईं बिरूद्ध बलात्कार मुद्दा दिएकी हुन् ।

पीडितले असईं चौलागाईंबिरूद्ध दिएको जाहेरी दर्ता भएको प्रवक्ता न्यौंपानेले जानकारी दिए । उनले अब कानुन अनुसार कारबाहीको प्रक्रिया शुरु हुने बताए ।


साउन ११ गते बहुबिवाह मुद्दामा पक्राउपछि इप्रका कोहलपुरको हिरासतमा राखिएकी एक महिलालाई बिहीवार राती २ बजे निकाल्न लगाएर असई चौलागाईंले आफ्नो कोठामा पुर्याई यौंन दुव्र्यवहार तथा बलात्कार गरेको आरोप छ ।

असई चौलागाईंलाई थुनामा राखेर घटना अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दाङमा स्कुल बसको ठक्करबाट बालिकाको मृत्यु

१४ श्रावण २०७९, शनिबार १३:०४
दाङ : दाङमा स्कुल बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । गढवा गाउँपालिका–७ मानपुरका भीमसेन थापाकी तीन वर्षीया छोरी पूजा थापाको न्यु मुनराइज बोर्डिङ स्कुलको ना ६ ख ६४३२ नम्बरको बसको ठक्करबाट मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्दप्रसाद रिजालका अनुसार शुक्रबार बेलुका बालिका बसबाट ओर्लने […]