सदरलाइनडटकम,
दाङ : दाङको देउखुरीमा बसको ठक्करवाट मोटरसाईकलमा सवार एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । काठमाण्डौबाट दाङ तुलसीपुर आउँदै गरेको ना ६ ख ३९६७ नम्बरको बसले विपरीत दिशा तिर गइरहेको रा १ ब ११८ नम्बरको मोटरसाइललाई सोमवार बिहान गढवा गाउँपालिका वडा वडा नं. १ जुरेनीमा ठक्कर दिएको थियो ।
ठक्करबाट मोटरसाइकल चालक २५ वर्षीय गणेश पुनको मृत्यु भएको छ भने पछाडी बसेका २४ वर्षीय रमेश वली घाइते भएका छन् । रुकुमको त्रिबेणी गाउँपालिका २ खाडामा स्थाई घर भएका मृतक पुन रोल्पाको गंगादेव गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भएको जनाइएको छ ।
साथै घाइते वली तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ घर भई सोही गाउँपालिकाका कम्प्युटर अपरेटर हुन् । घाइते वलीको कम्मर, छाती र टाउकोमा चोट लागेकोले अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । वलीको घोराहीमा उपचार भइरहेको छ ।
Next Post
नेपालगञ्जमा दैनिक उपभोग्य वस्तु पर्याप्त
१० चैत्र २०७६, सोमबार १५:५५
सम्बन्धित
-
३ असार २०८०, आईतवार १५:१३
मंकीपक्सको उपचारका लागि भेरीमा डा. चापागाईं फोकल पर्सन
-
२६ पुष २०७८, सोमबार १३:३८
बाँकेका एघार जनामा कोभिड पुष्टि
-
८ बैशाख २०७८, बुधबार १८:३४
कोरोनाबाट बाँकेका थप दुई जनाको मृत्यु
-
३ असार २०७८, बिहीबार १४:५१
बाँकेमा यस वर्ष छिट्टै रोपाई हुने
-
२२ असार २०७९, बुधबार १४:४९
नुहाउने क्रममा राप्ती नदीमा डुबेर एक जना बेपत्ता
-
११ मंसिर २०७८, शनिबार १६:०१
नेपालगञ्जमा आईटीएफ प्रतियोगिता हुने