लैंगिक समानता र सामाजिक समावेशीकरणबारे छलफल

सदरलाइन संवाददाता २२ फाल्गुन २०८०, मंगलवार १४:१२
 

नेपालगञ्ज : नेपालगञ्जका जनप्रतिनिधि र कर्मचारीसंग वासका क्षेत्रमा ‘लैंगिक समानता र सामाजिक समावेशीकरण’का विषयमा छलफल गरिएको छ । एसएनभी नेपालको आयोजनामा भएको कार्यक्रममा खानेपानी, सरसफाई तथा स्वच्छताका क्षेत्रमा लैंगिक समानता र सामाजिक समावेशीकरण सुनिश्चितताका लागि सबैको पहल, चासो र पैरवीमा जोड दिइएको छ ।

लैंगिकमैत्री अवस्था सिर्जना गर्न समानताको व्यवहारले मात्र परिणाम नदेखिने भन्दै समता, अग्राधिकार र सकारात्मक विभेदसम्मका नीति अख्तियारको आवश्यकता औंल्याइएको छ । कार्यक्रममा एसएनभीकी साबित्रा ढकालले प्रस्तुतिकरण गरेकी थिइन् ।

उनले नेपालगञ्ज उपमहानगरपालिकाको लैंगिक समानता र सामाजिक समावेशीकरणको स्वमूल्यांकन अवस्थाबारे चित्रण समेत गरेकी थिइन् ।


खानेपानी, सरसफाई र स्वच्छता क्षेत्रका प्रणालीहरु सुदृढ पार्ने, सीमान्तकृत समुदायहरु र समुदायका सदस्यहरुको निम्ति दिगो खानेपानी, सरसफाई तथा स्वच्छता सेवा सुविधाहरुमा समतामूलक, विश्वव्यापी/सहज पहुँच वृद्धि गर्ने, घरधुरी, समुदाय र संस्थाहरुमा लैंगिक समानता तथा सामाजिक समावेशीकरणको सवलीकरण गर्ने र दिगो लैंगिक तथा समावेशी खानेपानी, सरसफाई तथा स्वच्छताका लागि नयाँ अभ्यासको प्रयोग गर्ने उद्देश्यका साथ एसएनभीले काम गरिरहेको पार्वती दंगालले बताइन् ।

नगर प्रमुख प्रशान्त विष्ट र उपप्रमुख कमरुद्दिन राईले लैंगिक समानता र सामाजिक समावेशीकरणका लागि नेपालगञ्ज उपमहानगरपालिका प्रतिबद्ध रहेको बताउँदै लैंगिकमैत्री नीति र व्यवहारिक कार्यान्वयनमा सबैको चासो र खबरदारी आवश्यक रहेको बताए ।

कार्यक्रममा वडा अध्यक्ष, कार्यपालिका सदस्य र शाखा प्रमुखहरुको उपस्थिति थियो । एसएनभीले नेपालगञ्जमा वासका क्षेत्रमा विभिन्न काम गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ब्राउनसुगर सहित २ जना पक्राउ

२२ फाल्गुन २०८०, मंगलवार १४:१२
बर्दिया : बर्दियामा लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् । बर्दिया गुलरिया नगरपालिका–०७ बस्ने बर्ष २४ को राजन धोवी र सोही स्थान बस्ने वर्ष २० कि अप्सना धोवीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक कमल प्रसाद चौधरीले जानकारी दिए । उनका अनुसार, गुलरिया नगरपालिका ७ बृन्दाबन […]