कृषि पकेटक्षेत्र विस्तार

३१ बैशाख २०७४, आईतवार १६:१६
 

रासस/ सदरलाइनडटकम

३१ वैशाख, गुलरिया (बर्दिया) : प्रधानमन्त्री कृषि आधुनीकिकरण आयोजनाअन्तर्गत जिल्लाका विभिन्न स्थानमा कृषिजन्य उत्पादनको आधारमा पकेटक्षेत्र निर्माण गर्ने कार्य सुरु गरिएको छ ।

प्राविधिक कार्यदल तथा कृषिसेवा केन्द्रबाट सिफारिस भई रित पुगेका सामूहिक तथा व्यक्तिगत जग्गा छनोट गरी पकेटक्षेत्र विस्तार गर्ने कार्य सुरु भएको हो ।

पकेटक्षेत्र विस्तारका लागि माग गरिएका आवेदन स्थानीय विकास अधिकारी संयोजक रहेको जिल्ला कृषि विकास समितिको बैठकबाट स्वीकृत गरी आयोजना सुरु गर्ने निर्णय गरिएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत परशुराम रावतले जानकारी दिनुभयो ।


आयोजनाअन्तर्गत ५० वटा पकेटक्षेत्र विस्तारका लागि आवेदन माग गरेको उहाँले बताउनुभयो । बर्खे धान, चैते धान, हिउँदे मकै, बर्खे मकै, तरकारी, केरालगायत कृषि उत्पादनलाई पकेटका रूपमा विस्तार गर्दै कृषिलाई आधुनीकिकरण गर्ने रावतको भनाइ छ । योजनाअन्र्तगत कृषि भूमिलाई पकेट, ब्लक, जोन गर्दै सुपर जोन बनाइने भएको छ ।

पन्ध्र बिगाहा क्षेत्रफल बराबर एउटा पकेटक्षेत्र, १५० बिगाहा क्षेत्रफल बराबर एउटा ब्लक, ५०० हेक्टर क्षेत्रफल बराबर एउटा जोन तथा एक हजार हेक्टर क्षेत्रफल बराबर सुपरजोन कायम गरिएको छ । सो कार्यक्रमका लागि रु सात करोड अनुदान दिइने रावतले बताउनुभयो । पकेटका लागि रु एक करोड ४८ लाख, ब्लकका लागि रु चार करोड ९९ लाख र बाँकी रकम जोन विस्तारका लागि सहयोग गरिनेछ ।

पकेटका लागि छनोट गरिएका जमिनमा अनिवार्य सडक, सिँचाइ, विद्युत्लगायत सेवा केन्द्रको पहुँच हुनुपर्ने प्रावधान छ । प्रतिपकेटका लागि पुँजीगततर्फ रु दुई लाख २५ हजार र चालुतर्फ बीउ, मलका लागि रु ५० हजार अनुदान दिने कार्यालयले जनाएको छ । परियोजनाअन्तर्गत राजापुर क्षेत्रलाई धान, सोरहवा र बगनाहा क्षेत्रलाई माछा तथा गुलरिया नगरपालिकालगायत आसपासका क्षेत्रमा केराको पकेटक्षेत्र बनाउने योजना छ ।

जिल्लाका मैनापोखरी, पदनाहा, कालिका, मधुवन, राजपुर, पाताभार, गोला, जमुनी, गुलरिया, धधबार, मगरागाडी, बबई, मोहम्मदपुर, सूर्यपटुवा, बारबर्दियालगायत क्षेत्रमा विभिन्न कृषि उपजको पकेट क्षेत्र विस्तार हुने भएपछि स्थानीय किसान खुसी भएका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बेतहनी पनि भयो खुलादिसा मुक्तसंगै पूर्णखोप युक्त गाविस

३१ बैशाख २०७४, आईतवार १६:१६
सदरलाइनडटकम  ३१ बैशाख, नेपालगन्ज : बाँकेका साविक दुई गाविस र नेपालगन्ज उप–महानगरपालिकाका ९ वटा वडाहरु खुला दिसामुक्त हुन बाँकी रहेका छन् । शनिबार बाँकेको साविक बेतहनी गाविस हालको डुडुवा गाउपालिका–२ खुलादिसा मुक्त घोषणा भएसंगै होलिया र ईन्द्रपुर गाविस संगै उप–महानगरपालिकाका ९ वटा वडा खुलादिसा मुक्त घोषणा हुन बाँकी रहेका हुन […]

सम्बन्धित