गोली लागेर सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु

सदरलाइन संवाददाता ४ बैशाख २०८०, सोमबार १३:२५
 

नेपालगञ्ज : दाङको तुलसीपुर कारागारमा कार्यरत सशस्त्र प्रहरीका एक जना सहायक हवल्दारले आफैंले आफैंलाई गोली हानेका छन् ।

स्थाई घर तुलसीपुर वडा नं ८ टिकरी भएका सशस्त्र प्रहरी सहायक हवल्दार ३५ बर्षीय वसन्त केसीले आइतवार राती पौने ९ बजेतिर आफैंले आफैंलाई गोली हानेका थिए । गोली लागेर उनको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।


४८ नम्बर रिजर्व गुल्म कपिलबस्तुमा कार्यरत केसी केसी कारागार सुरक्षा गुल्म तुलसीपुरमा ५ दिनअघि मात्र कपिलबस्तुबाट आएका थिए । तुलसीपुरमा आएको केही दिनमै आफैंले आफैंलाई किन गोली हाने भन्ने बारे अनुसन्धान सुरु गरिएको ईलाका प्रहरी तुलसीपुरले जनाएको छ ।

सहायक हवल्दार केसी शबलाई पोष्टमार्टमको लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा लगिएको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बागेश्वरी मन्दिरको महाआरतीमा पूर्वराजा शाह आउने

४ बैशाख २०८०, सोमबार १३:२५
नेपालगञ्ज : बागेश्वरी मन्दिरमा गरिने महाआरतीमा सहभागी हुनका लागि पूर्वराजा ज्ञानेन्द्र शाहलगायत तत्कालीन राजपरिवार नेपालगञ्ज आउने भएका छन् । पश्चिम नेपालको विभिन्न जिल्लाको भ्रमणमा निस्किने क्रममा पूर्वराजा ज्ञानेन्द्रसहितका तत्कालीन राजपरिवारका सदस्य नेपालगञ्ज आउने र बागेश्वरी मन्दिरमा हुने महाआरतीमा सहभागी हुने कार्यक्रम बनाइएको छ । पूर्वराजा वैशाख १८ गते नेपालगञ्ज आउने […]