हजुरआमाको हत्या आरोपमा एक पक्राउ

सदरलाइन संवाददाता ९ मंसिर २०७७, मंगलवार १४:३८
 

दाङ : आफ्नै हजुरआमाको हत्या गरेको अभियोगमा दाङको गढवा गाउँपालिका–१ चिसापानीबाट प्रहरीले मंगलवार बिहान एक जनालाई पक्राउ गरेको छ । गढवा गाउँपालिका–१ चिसापानीकी ८४ वर्षीया हजुरआमा केशरी घर्तीलाई गए राति दाउराको चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा २८ वर्षीय नाति जीवनलाई प्रहरीले पक्राउ गरेको हो ।

चिर्पटको प्रहारबाट गम्भीर घाइते भएकी केशरीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मानसिक सन्तुलन गुमाएको बताइएका जीवनले आफ्नै हजुरआमा, २८ वर्षीया श्रीमती, नौ वर्षीय छोरा, ६ वर्षीया छोरी र ३० वर्षीय दाजुलाई समेत घरमा सुतिरहेका अवस्थामा एक्कासि चिर्पटले टाउकामा हानी घाइते बनाएका थिए ।


उक्त घटनाको खबर पाउनासाथ अस्थायी प्रहरीचौकी कालाकाटेबाट खटिएको प्रहरी टोलीले जीवनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Next Post

साना व्यवसायिको प्रतिनिधित्वका लागि मेरो उम्मेदवारी

९ मंसिर २०७७, मंगलवार १४:३८
नेपाली उद्योगी व्यावसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको अधिवेशन आगामी मंसिर ११–१३ सम्म काठमाण्डौमा सम्पन्न हुन गईरहेको छ । आगामी ३ वर्षे कार्यकालको नेतृत्वको लागि उद्योगी व्यवसायीका नेताहरु यतिबेला जनमत आफ्नो पक्षमा पार्नको लागि प्रचार अभियानमा तीब्रताका साथ लागेका छन् । यसैक्रममा कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्रबहादुर अधिकारी […]