असहाय बालबालिकालाई एक महिनाको रासन उपलब्ध गराईयो

१३ माघ २०७३, बिहीबार १०:२८
 

सदरलाइनडटकम    
१३ माघ, काठमाडौ : असहाय तथा जरुरत मानविय सहायता नेपालले तारकेश्वर नगरपालिकाको फुटुङमा अवस्थित नेपालको बालबालिकाहरुका लागि ज्योति नामक अनाथ बाललबालिका संरक्ष्ँण संस्थालाई एक महिना पुग्ने खाद्यान्न तथा पाठ्यपुस्तक लगायत सहयोग गरेको छ ।
आश्रममा हाल १६ जना १२ वर्ष मुनिका बालबालिका छन । उनीहरुको एक महिना बराबरको लाग्ने रासन असहाय तथा जरुरत मानवीय सहायता नेपालले सहयोग गरेको हो । आश्रममा रहेका टुहुरा गरिब तथा असहाय बालबालिकालाई संस्थाको सामाजिक सुरक्षा दायित्व अन्तर्गत सहयोग गरिएको संस्थाका अध्यक्ष्ँ डेभिड आचार्यले जानकारी दिए ।
आश्रमकी अध्यक्ष्ँ मनकुमारी खड्कालाई संस्थाका अध्यक्ष्ँ डेभिड आचार्यले सहयोग हस्तान्तरण गरेका हुन । संस्थाका अध्यक्ष्ँ डेभिड आचार्यले मासिक रुपमै“ सम्पूर्ण सहयोग आफूहरुले गर्ने बताए । ‘आगामी दिनमा आश्रममा रहेका बालबालिकाको उचित शिक्ष्ाँदीक्ष्ाँका लागि पहल गर्ने संस्थाले नीति लिएको छ । संस्थाका सबै सदस्यले स्वेच्छाले दिएको सहयोग हस्तातरण गरेका छौ“ । ’ आचार्यले स्पष्ट पारे ।
राहत पाएपछि संस्थाकी अध्यक्ष्ँ मनकुमारी खड्काले भावुक हु“दै धेरै पछि बालबालिकालाई खानपानको व्यवस्था जुटेकोमा हर्षित भएको बताईन । ‘यस्तै सहयोगी हातहरु आगामी दिनमा रहेमा बालबालिकाको भविष्य उज्ज्वल बनाउन सकिन्छ । वास्तवमा सरकार भन्दा यस्ता सहयोगी हातहरु नै महान् छन । ’


दुई जना असहाय बालबालिकाबाट शुरु भएको आश्रममा हाल १६ जना पुगिसकेका छन् । गरिब, दिनदुःखी बालबालिकाका लागि आश्रमले निःशुल्क खानेबस्ने र शिक्षाको व्यवस्था गरेको छ । दैनिक जसो बालबालिका विभिन्न स्थानबाट आउने गरेको भएपनि आर्थिक अवस्थाका कारण आफूले राख्ने मन हु“दाहु“दै पनि नसकेको उहा“ले गुनासो गर्दै यस्तै सहयोगी हातहरु आगामी दिनमा जुट्नेमा उनी आफु आशवादी भएको बताईन ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ज्योतीले नचाइन, कमलले हसाए

१३ माघ २०७३, बिहीबार १०:२८
सदरलाइनडटकम    १३ माघ, नेपालगन्ज : बाँकेको बागेश्वरी गाविसमा सञ्चालनमा आएको मुसवेटवाबाबा मजार मेला तथा व्यापारिक महोत्सवमा चर्चित गायीका ज्योती मगरले जुरुक जुरुक पार्दै नचाएकी छन् । छोटा पहिरन र विवादित शब्द प्रयोग गरिएका गीतमा अभिनय गरेका कारण विवादमा तानिएकी ज्योति मगर खजुरामा सञ्चालन भइरहेको महोत्सबमा सबैलाई नचाईन । सबै […]