बर्दियामा मनाइयो बाघ दिवस

सदरलाइन संवाददाता १३ श्रावण २०८०, शनिबार १४:३१
 

बर्दिया : बर्दिया राष्ट्रिय निकुञ्जले विश्व बाघ दिवसको अवसरमा शनिबार विविध कार्यक्रमसहित मनाएको छ । सन् २०१० देखि बाघ दिवस अन्तर्राष्ट्रियस्तरमा मनाउँदै आइएको छ ।

ठाकुरद्वारास्थित चोकमा निर्माण गरिएको बाघको सालिकमा बर्दिया निकुञ्जका प्रमुख अशोक भण्डारी लगायतले पूजा गरेका थिए । पूजा सकिएपछि स्थानीय विद्यालयका बालबालिकाले पञ्चे बाजा बजाउँदै सयौं विद्यार्थी, संरक्षणकर्मी लगायत कर्मचारी र्यालीमा सहभागी भएका छन् ।

र्याली निकुञ्जको मुख्यालयमा गएर टुंगिएको थियो । निकुञ्ज परिसरमा सञ्चारकर्मी, संरक्षणकर्मी र निकुञ्ज प्रशासन बाघ संरक्षण, यसको चुनौती विषयक अन्तरक्रिया गरिएको छ ।


करिब सय वर्षअघि विश्वमा बाघको संख्या १ लाखको हारहारीमा थियो । एक दशक अघिसम्म बाघको संख्या ३ हजार २ सयमा सीमित भएपछि विश्वमा यस्को संख्या दोब्बर बनाउने लक्ष्यसहित सन् २०१० नोभेम्बरमा रुसको सेन्ट पिटर्सबर्गमा भएको भेलाले निर्णय गरेको थियो ।

सोही अनुसार नेपालले बाघको संख्या दोब्बर बनाउन सफल भएको छ । बर्दियामा गत वर्षको गणनामा ८७ बाट बढेर १ सय २५ बाघको संख्या पुगेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ मा बाघलाई संरक्षित वन्यजन्तुको सूचीमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लागूऔषधको ट्रान्जिट प्वाइन्ट बन्दै बाँके

१३ श्रावण २०८०, शनिबार १४:३१
नेपालगञ्ज : इलाका प्रहरी कार्यालय कोहलपुरले गत मंगलबार कोहलपुर नगरपालिका–११ बसपार्कस्थित कोहलपुर कटेज रेष्टुरेण्ट एण्ड लजको कोठा नम्बर १०६ बाट लागूऔषध अफिम ५ किलो तीनसय ६८ ग्रामसहित तिला गाउँपालिका–३ जुम्लाका ४१ वर्षीय हरिप्रसाद भट्टराई, सोही ठाउँका ३० वर्षीय देवीप्रसाद भट्टराई र ४० वर्षीय भवानीप्रसाद भट्टराईलाई नियन्त्रणमा लियो । गत असार […]