सगरमाथाको नयाँ मापनमा उचाईं बढ्यो

सदरलाइन संवाददाता २३ मंसिर २०७७, मंगलवार १६:३२
 

काठमाण्डौ : विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाईं ८६ सेन्टिमिटर बढेको छ । सगरमाथाको नयाँ उचाइ नेपाल र चीनले एकैपटक मंगलबार सार्वजनिक गरेको हो ।

अब सगरमाथाको उचाइ ८८४८.८६ मिटर पुगेको नापी विभागमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले घोषणा गरे ।

उचाइ मापन भने नेपाल र चीनले छुट्टाछुट्टै गरेको थियो । फिल्ड सर्वेक्षणबाट प्राप्त तथ्यांक नापी विभागले प्रशोधन गरेको हो । चीनका समकक्षी प्राविधिक तथा निर्देशक समिति तहमा छलफल गरेको विभागले जनाएको छ ।


१० मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई उचाइ सार्वजनिक गर्न स्वीकृति दिएको थियो । चीनसँग समन्वय भने परराष्ट्रय मन्त्रालयले गरेको हो ।

यसअघिको उचाईं ८८४८ मिटर सन् १९५४ सर्वे अफ इण्डियाले नापेको हो । सगरमाथाको उचाइबारे विवाद देखिएपछि सन् २०१० मा नेपाल र चीनबीच ८८४८ मिटरलाई नै मान्यता दिने साझा धारणा बनेको थियो ।

सगरमाथाको उचाइ नेपाल र चीनमा एकै साथ उद्घाटन हुने सहमति २०१९ को अक्टोबरमा भएको थियो ।

Next Post

नेपालगञ्ज मेडिकल कलेजमा आईसियू र भेन्टिलेटर थपियो

२३ मंसिर २०७७, मंगलवार १६:३२
नेपालगञ्ज : नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा आईसियू र भेन्टिलेटरसहितका उपकरण थप गरिएको छ । कोरोनावाहेक अन्य विरामीहरुको उपचारलाई दुष्टिगत गर्दै नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्ज र कोहलपुरमा आईसियू, भेन्टिलेटरसहितको उपकरण थप गरिएको अस्पताल निर्देशक डा. एम. किदवाईले जानकारी दिए । यसअघि २६ बेड आईसियू र ७ बेड भेन्टिलेटर रहेको नेपालगन्ज […]

सम्बन्धित