फुल्टेक्रास्थित ब्रिनोज कान अस्पतालमा तालाबन्दी

सदरलाइन संवाददाता १२ चैत्र २०७९, आईतवार १५:३९
 

नेपालगञ्ज : ब्रिनोज कान स्वास्थ्य स्याहार केन्द्र (अस्पताल), नेपालगञ्जमा तालाबन्दी गरिएको छ ।

अस्पतालका पुराना कर्मचारी कान सहायक पुरनबहादुर थारुलाई हटाएपछि संस्थामा विवाद उत्पन्न भएको हो । उक्त विवाद जिल्ला प्रशासन कार्यालयमा पुगिसकेको छ भने आइतबार अस्पतालमा तालाबन्दी गरिएको छ ।


२०५७ सालमा बाँकेको ५ वटा गाविसबाट काम शुरु गरेको संस्थाले सन् २००९ मा दर्ता गरेर रिफरल सेन्टरको रुपमा अस्पताल सञ्चालन गरेको थियो । संस्थामा शुरुदेखिनै विमलकुमार टण्डन अध्यक्ष रहेको, साधारणसभा नभएको, परिवारवाद भएको भन्दै थारुलगायतले आन्दोलन थालेका छन् ।

बेलायती नागरिक निल वेरको सहयोगमा अस्पताल निर्माण भएको हो । सन् २०१५ देखि निलले सहयोग गर्न छोडेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अपाङ्गताका सवाललाई प्राथमिकता दिने जनप्रतिनिधिको प्रतिबद्धता

१२ चैत्र २०७९, आईतवार १५:३९
कोहलपुर (बाँके) : अपाङ्गता भएका व्यक्तिहरुको सवाललाई प्राथमिकता दिने कोहलपुरका जनप्रतिनिधिहरुले प्रतिबद्धता जनाएका छन् । सिविएम ग्लोबलको सहयोग तथा अपाङ्गता सशक्तिकरण एवम् संचार केन्द्र डेक नेपाल बाँकेको आयोजनामा समावेशी समुदाय परियोजना अन्तर्गत पालिकाका जनप्रतिनिधिलाई समुदायमा आधारित समावेशी समुदाय विकास सम्वन्धि दुई दिने तालिममा सहभागी जनप्रतिनिधिहरुले अपाङ्गता भएका व्यक्तिहरुको सवाललाई प्राथमिकता […]