युवा संघको महाधिवेशन बन्दसत्र जारी

सदरलाइन संवाददाता २८ चैत्र २०७९, मंगलवार १३:१३
 

नेपालगञ्ज : राष्ट्रिय युवा संघ नेपालको नवौ राष्ट्रिय महाधिवेशन अन्तर्गत सोमवारदेखि शुरु भएको बन्दसत्र मंगलवार पनि जारी छ ।

सोमवार उदघाटन समारोह पश्चात राती सुरु भएको बन्दसत्रमा प्रस्तुत प्रतिवेदनमाथि अहिले बन्दसत्रमा प्रतिनिधिहरुमाझ छलफल भईरहेको संघका प्रवक्ता माहाराज गुरुङले बताए ।


उनका अनुसार, बन्दसत्रमा अध्यक्ष किरण पौडेलले पेश गरेको प्रतिवेदनमाथि प्रतिनिधिले छलफल गरी पास गर्ने कार्ययोजना रहेको छ । बन्दसत्रमा नेकपा(एमाले) स्थायी कमिटी सदस्य एवम् मोर्चा संगठन इन्चार्ज भानुभक्त ढकाल, पोलिटब्यूरो सदस्य एवम् युवा संघ इन्चार्ज महेश बस्नेत, केन्द्रीय सदस्य एवम् बाँके इन्चार्ज सूर्य ढकाल लगायतका नेताहरु रहेका छन् ।

महाधिवेशनमा भाग लिन देशभरबाट दुई हजार बढि युवा प्रतिनिधि नेपालगञ्ज आएका छन् । महाधिवेशनले समग्र युवा आन्दोलनको समिक्षा गर्दै नयाँ नेतृत्व चयन गर्नुका साथै युवालाई सामाजिक रुपान्तरण गर्न मार्गनिर्देश गर्ने छ । बन्दसत्र लगत्तै नेतृत्व चयन प्रक्रिया शुरु हुने बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा मिलन चक्रेसँग बन्दुकसहित हिँडेका बोगटी पक्राउ

२८ चैत्र २०७९, मंगलवार १३:१३
नेपालगञ्ज : बाँकेमा जारी राष्ट्रिय युवासंघको नवौं राष्ट्रिय महाधिवेशनस्थलमा बन्दुकसहित देखिएका गणेशबहादुर बोगटीलाई प्रहरीले पक्राउ गरेको छ । सार्वजनिक भएको भिडिओमा बन्दुक बोकेर नेकपा एमाले निकट डन मिलन चक्रेको सुरक्षा दिएको जस्तो देखिन्छ । उक्त भिडिओ आइतबारको हो । महाधिवेशनस्थलमा बोगटी बन्दुकसहितसहित देखिएको सार्वजनिक भएपछि उनलाई सोमवार राती पक्राउ गरिएको […]

सम्बन्धित