खुकुरी प्रहार गरेको आरोपमा तुलसीपुर उपमेयरका उम्मेदवार पक्राउ

सदरलाइन संवाददाता ३१ बैशाख २०७९, शनिबार १७:४८
 

नेपालगञ्ज : दाङमा खुकुरी प्रहार गरेको आरोपमा तुलसीपुर उपमहानगरपालिकाका स्वतन्त्रबाट उपमेयरमा उम्मेदवार शुसिल गन्दर्भ पक्राउ परेका छन् ।

उपमेयरका उम्मेदवार गन्दर्भलाई खुकुरी प्रहार गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो । र्ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) श्यामु अर्यालका अनुसार तुलसीपुर ४ स्थित उम्मेदवार गन्दर्भकै घर नजिकै शुक्रवार राती पौने ११ बजे दुईपक्षबीच झडप भएको थियो ।


खुकुरी प्रहारबाट तुलसीपुर ४ का २८ बर्षिय कुल बहादुर वली, ३० बर्षिय चन्द्र बहादुर वली, २८ बर्षीय रमेश खड्का र २२ बर्षीय प्रेम प्रकाश खड्का घाइते भएका छन् । जसमध्ये कुल बहादुर, चन्द्र बहादुर र प्रेम प्रकाश खड्कालाई थप उपचारका लागि कोहलपुर रेफर गरिएको छ ।

२८ बर्षिय रमेश खड्कालाई राप्ती प्रादेशिक अस्ताल तुलसीपुरमा सामान्य उपचारपछि डिस्चार्ज गरिएको डिएसपी अर्यालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेको ८१ वडा मध्ये ७ वडाको मत परिणाम सार्वजनिक

३१ बैशाख २०७९, शनिबार १७:४८
नेपालगञ्ज :  गत बैशाख ३० गते सम्पन्न भएको स्थानीय निर्वाचनको मत परिणाम आउने क्रम सुरु भएको छ । बाँकेका ८१ वटा वडा मध्ये ७ वटा वडाको अन्तिम मत परिणाम सार्बजनिक भएको छ । अहिलेसम्म काँग्रेस, एमाले र जसपा २÷२ र माओवादी केन्द्रले १ वटा वडा जितेका छन् । कांग्रेसले नेपालगञ्ज […]