नेपालगञ्जमा पश्चिम क्षेत्रीय महिला सम्मेलन

१८ बैशाख २०७६, बुधबार १८:४९
 

सदरलाइनडटकम, 
नेपालगञ्ज : ‘महिला श्रमको सम्मान गरौं, सामाजिक न्याय सहितको विकासमा अघि बढौं’ भन्ने मुल नाराका साथ पश्चिम क्षेत्रीय महिला सम्मेलन सुरु भएको छ ।
१३० औ अनतराष्ट्रिय श्रमिक दिवसको अबसरमा बुधबार नेपालगन्जमा नेपालगन्ज उपमहानगरपालिका, महिला अधिकार मन्च एक्सनएड नेपाल पश्चिमाञ्चल स्रोत केन्द्र र हातेमालो संचार समूहको संयुक्त आयोजनमा सुरु भएको सम्मेलनमा प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका महिला अभियानकर्मीको सहभागिता रहेको छ ।
सो कार्यक्रमलाई प्रदेश नं.५ का सामाजिक विकास मन्त्री सुदर्शन वरालले सम्बोधन गर्दै महिला सशक्तिकरणका सवालमा प्रदेश सरकारले विभिन्न खालका गतिविधि सञ्चालन गरेको बताए ।
महिलालाई समान ज्याला, उनीहरुको सम्मान जनक प्रतिनिधित्व शैक्षिक, आर्थिक, तथा प्रजनन अधिकारको रक्षाको लागि प्रदेश सरकार कटिबद्ध रहेको उनले बताए ।
प्रदेश नं. ५ का उप सभामुख कृष्णी थारुले महिलाको सर्वपरी विकास तथा प्रतिनिधित्व र उनीहरुको पारिश्रम विनाको हेरचाह मुलक कामको पचिान गरी उचित सम्मान गर्न आवश्यक रहेको औल्याईन ।
नेपालगन्ज उप–महानगरपालिकाका उपप्रमुख उमा थापामगरले महिला प्रतिनिधित्व, महिलामाथि हुँदै आएका विभिन्न खालका विभेद अन्त्यका लागि आफुहरु तयार रहेको बताएकी थिईन । एक्सनएडका कार्यकारी निर्देशक सुजिता मथेमाले महिलाको समस्याको बारेमा उठान गर्दा महिलाबादी भएर कुरा गरेको भन्नेहरुलाई महिला पनि मानव हो र महिलाको पनि उत्तिकै अधिकार रहेको कुराको प्रकाश पारीन ।
कार्यक्रममा अधिवक्ता पदम पाण्डेले महिलाको आत्मसम्मान सहितको श्रम, न्यायोचित तथा समान ज्याला र सुरक्षित कार्यस्थल अवस्था तथा सरोकारवालाको भुमिक विषयक कार्यपत्र र सुनिता तिवारीले महिलाको पारिश्रमिक विनाको हेरचाहमुलक कामको पहिचान सम्मान तथा न्यूनिकरणको लागि विकल्पहरुको निर्माण विषयक कार्यपत्र प्रतुत गरेका थिए ।

Next Post

नेपालगञ्जमा पनि मनाईयो मे दिवश

१८ बैशाख २०७६, बुधबार १८:४९
सदरलाइनडटकम, नेपालगञ्ज  : १३० औ अन्तराष्ट्रिय श्रमिक दिवश बाँके नेपालगञ्जमा पनि मनाइएको छ । नेकपा निकट ‘जिफन्ट र एन्टुफ’ मा आवद्ध विभिन्न मजदुर घटक युनियनको अगुवाईमा नेपालगन्जको धम्बोझी चोकबाट विभिन्न मागसहितको ब्यानर र प्लेकार्ड बोकेर निस्केको र्याली औद्योगिक क्षेत्रमा पुगेर सभामा परिणत भएको थियो । सो सभालाई मजदुर नेता केशव […]

सम्बन्धित