सदरलाइन / रुद्र सुवेदी
नेपालगञ्ज : बाँकेमा कोबिड–१९ नोबल कोरोना भाइरसका संक्रमितको व्यवस्थापनमा जिल्लाको राजनीतिक दल, नागरिक समाजसंगै स्थानीय जनप्रतिनिधिले चासो नदिदा प्रशासनलाई असहजता भएको छ । कोरोना संक्रमणको अत्यन्तै जोखिममा रहेको बाँके स्थानीय जनप्रतिनिधिकै अगुवाईमा संक्रमितलाई आईसोलेशनमा लैजान नदिनु, अबरोध गर्दा जिल्लाका राजनीतिक दल र नागरिक समाज मुक दर्शक बनेका छन् । अहिले संक्रमणबाट जोगिनको लागि सामाजिक तथा राजनीतिक सद्भाव कायम राख्दै एक ढिक्का भएर कोरोना बिरुद्धको लडाईमा लाग्नु पर्ने हो तर, बाँकेमा त्यसो हुन सकेको छैन ।
प्रहरीको भरमा मात्र कोरोना संक्रमितको व्यवस्थापन गर्दै आईएको छ । खुला सिमाना भएको कारण भारतबाट आउनेहरुको तथ्याङ्क राखेर उनीहरुलाई गन्तब्यमा पठाउने, संक्रमितलाई आईसोलेसन वा अस्पताल पुराउने, क्वारेन्टाईनमा लैजाने काममा प्रहरी प्रसाशनले मात्र थेग्दै आएको छ । हुन त यी कार्यहरु प्रहरी प्रशसनको जिम्मेवारी हो भन्ने प्रश्न पनि आउला यसमा दायित्व सबैको हो भन्ने विर्सनु हुँदैन । अहिले महामारिबाट जोगिनको लागि प्रहरी प्रशासन र स्वास्थ्यकर्मी अग्रपङ्तीमा खटेका छन् । उनीहरुको मनोबल उच्च बनाउनदै उनीहरुलाई काम गर्ने बाताबरण तयार गरिदिनु, नागरिक समाज, राजनीतिक दलको कर्तब्य हो । यस्तो महामारीको बेलामा राजनीतिक दलहरुले आफ्नो गाउटोलमा रहेको संयन्त्रमा संगठित कार्यकर्तालाई सचेत गराउनुको हो भने नागरिक समजले भएका त्रुटी औल्याउने र सुझाव दिनु पर्ने हो त्यसो हुन सकेको छैन ।
बाँकेका राजनीतिक दल, जिल्लाबाट संघ तथा प्रदेशमा प्रतिनिधित्व गर्ने सांसदहरु, स्थानीय तहका जनप्रतिनिधि, जिल्लाका सबै राजनीतिक दल, धार्मिक अगुवा, नागरिक समाज, पेशाकर्मी स्थानीय प्रशासन सबैले एउटै स्वरमा हालको महामारीबाट जोगिन सहकार्य समन्वय र व्यवस्थापन गर्न सहमत भएको नागरिक अपिल जारी गरिनु पर्छ । अर्कोतिर, स्थानीय प्रशासनले महामारीको बेलामा आउने अबरोधलाई समन्वयात्मक तरिकाले हल गर्ने प्रयास गर्न आवश्यक छ । अनि मात्र कोरोनाको महामारीमा बिजयी हुन सकिन्छ ।
जिल्लाका राजनीतिक दलबाट यस्तो महामारीको बेलामा स्वस्फूर्त आफ्ना कार्यकर्तालाई स्वयमसेवकको रुपमा खटाउनु पर्ने हो । तर, आईसोलेशन निर्माण गर्नेदेखि क्वारेन्टाईन राख्नेसम्मको काममा अबरोध गर्ने कार्यमा यीनै अग्रपङ्तीमा छन् । प्रशासनमा एउटा निर्णय हुन्छ । आफै वा आप्mना प्रतिनिधिको रोहबरमा भएको निर्णय कार्यान्वयन गर्नमा अबरोध हुनु दुर्भाग्य नै हो ।
नरैनापुरमा संक्रमितलाई आईसोलेशनमा ल्याउन गरिएको प्रयासमा स्थानीय जनप्रतिनिधि र राजनीतिक दलका कार्यकर्ताले अबरोध मात्र गरेनन उनीहरुलाई क्वारेन्टाईनबाट भगाउने प्रयाससम्म भयो रातभरी प्रहरीको सक्रियतामा उनीहरुलाई नियन्त्रणमा लिन सफल पनि भएको छ । यस्तै कोहलपुरमा वडा अध्यक्षकै अगुवाईमा आईसोलेशन र क्वारेन्टाईनका विषयमा बिरोधको नाटक मञ्चन हुँदै आएको छ ।
माथीका यी सबै घटनाक्रमले कोरोनाको महामारीबाट जोगिन गरिएको प्रयासमा निरर्थक भएको छ । कोरोना संक्रमणबाट जोगिन लकडाउन आव्हान गरिएको भए पनि यो महामारीको लाडाईमा राजनीतिक दल, नागरिक अगुवा, धार्मिक अगुवा, पेशाकर्मी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्थानीय सरकारबीच समन्वय र व्यवस्थापकिय कार्यमा सहकार्य गरी अघि बढ्न आवश्यक छ । बिडम्बना त्यसो हुन नसक्नु दुर्भाग्य हो ।
बाँकेका राजनीतिक दल, जिल्लाबाट संघ तथा प्रदेशमा प्रतिनिधित्व गर्ने सांसदहरु, स्थानीय तहका जनप्रतिनिधि, जिल्लाका सबै राजनीतिक दल, धार्मिक अगुवा, नागरिक समाज, पेशाकर्मी स्थानीय प्रशासन सबैले एउटै स्वरमा हालको महामारीबाट जोगिन सहकार्य समन्वय र व्यवस्थापन गर्न सहमत भएको नागरिक अपिल जारी गरिनु पर्छ । अर्कोतिर, स्थानीय प्रशासनले महामारीको बेलामा आउने अबरोधलाई समन्वयात्मक तरिकाले हल गर्ने प्रयास गर्न आवश्यक छ । अनि मात्र कोरोनाको महामारीमा बिजयी हुन सकिन्छ ।
उसो त बाँकेका २१ जनाले कोरोना जितेर घर फर्किएका छन् । अहिले भारतबाट नेपाली स्वदेश फर्कने चटारो छ । उनीहरुको व्यवस्थापनमा ध्यान पुराउन नसक्ने हो भने भुसमा सल्केको आगो जस्तै संक्रमण फैलने खतरा छ । यस्तो बेलामा सबैको समन्वय हुन आवश्यक छ ।
फोटो कोरोना जितेर घर फर्कदै गरेकी नेपालगन्जकी ७ वर्षिया बालिका