उपचार गराईंदिने बाहानामा भारत लैजान खोज्ने श्रीमान सहित ३ प्रहरी नियन्त्रणमा

८ श्रावण २०७४, आईतवार १९:५३
 

सदरलाइन / सपना विष्ट
८ साउन, नेपालगन्ज : आफ्नै श्रीमतीलाई उपचार गराउछु भन्दै नेपालगन्ज पु¥याउदै भारत लैजान खोजेको आरोपमा बाँके प्रहरीले श्रीमान सहित ३ जनालाई नियन्त्रणमा लिएको छ ।
सानाहातहरु नेपाल र बाँके प्रहरीको सहकार्यमा बाँकेको कोहलपुर र नेपालगन्जमा गरी ३ जनालाई नियन्त्रणमा लिएर अनुसंधान अघि बढाएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायव उपरिक्षक सुरेश काफ्लेले जानकारी दिए ।
प्रहरीले दिएको जानकारी अनुसार कालिकोट राजकोट गोर्खाली गाउँका खगेन्द्र शाहीले आफ्नै श्रीमतिको सुर्खेतमा उपचार गर्ने भनी माईती दैलेखबाट सुर्खेत बोलाउदै नेपालगन्ज पु¥याएका थिए ।
शाहिले विभिन्न बाहाना बनाएर बोलाएको कारण उनकी श्रीमतीले शंका मानेर आफ्नो साथमा १४, १० र ८ वर्षकी बालिका समेत साथी लिएर आएको र उनीहरु सबैलाई नेपालगन्ज घुम्न र उपचार गर्न भनेर सुर्खेतबाट ल्याई नेपालगन्जको हाम्रो बाह्रकोटी जाजरकोट िहोटलमा राखेको बेलामा श्रीमती र बालिकाहरु भागेर कोहलपुर बसपार्क पुगेको र त्यहाँबाट प्रहरी र सानाहातहरुले उनीहरुको उद्दार गरेपछि मात्र रहस्य खुलेको हो ।
सानाहातहरु नेपालकी अम्बिका पुनले कोहलपुर चौराहमा अलपत्र अवस्थामा रहेको अवस्थामा ती किशोरी सहित महिलाको उद्दार गरेपछि घटना सार्वजनिक भएको र पीडकहरुको खोजि भएको बताईन ।
प्रहरीले शाहीको साथमा रहेका जुम्ला कुडारीको बिशाल शर्मा, जाजरकोट जगतिपुरका शेरबहादुर महतरालाई समेत नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको जनाएको छ । प्रहरीले शर्मा र महतरालाई नेपालगन्जबाट र शाहीलाई कोहलपुरबाट नियन्त्रणमा लिएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुर उद्योग बाणिज्य संघको निर्वाचनमा संयुक्त समावेशी प्यानलको घरदैलो जारी

८ श्रावण २०७४, आईतवार १९:५३
सदरलाइनडटकम ११ साउन कोहलपुर : आगामी साउन १५ गते हुन लागेको कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनका लागि दुई प्यानल बनाएर कोहलपुरका व्यावसायी मतदातालाई आफ्नो पक्षमा पार्नको लागि घरदैलोमा व्यस्त छन् । चक्रबहादुर अधिकारीको नेतृत्वमा चुनावी मैदानमा रहेको संयुक्त समावेसी प्यानलले ढकेरी, अगैया र कुसुमका मतदाताको घरदैलोमा पुगेका छन् । उनीहरुले […]

सम्बन्धित