कोहलपुर–१५ चन्नहवा पेडारी नालामाथि पक्की पुल निर्माण हुने सुनिश्चित

सदरलाइन संवाददाता १६ चैत्र २०७९, बिहीबार १९:२८
 

कोहलपुर (बाँके)  : बाँकेको कोहलपुर–१५ चन्नहवा स्थित पेडारी नालामाथि पक्की पुल निर्माण हुने सुनिश्चित भएको छ । बिहीबार एक प्रतिनिधि मण्डलले निर्माण गर्न लागिएको पक्की पुल निर्माण स्थलको अनुगमण गरि सो कुरको सुनिश्चितता गराएको हो ।

सो आयोजनाको डिटेल फिजिविलिटि रिर्पोट डिपिआर भई सकेको उक्त स्थानमा पुल बन्नेबारे स्थानीयले आशंका गरेपछि लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री दुर्गाप्रसाद थारुसहितको टोलीले अनुगमन गर्दै पक्की पुल निर्माण हुने कुराको सुनिश्चित भएको होे ।

प्रदेश मन्त्री थारुले सो स्थानमा पुलको अभाव हुँदा किसानले बर्षाको बेला खेतिपाती गर्न र घर आउन जान बर्षौदेखिको सकस अब नहुने भन्दै उक्त पेडारी नालाको पुल परियोजनाको टेण्डर स्विकृत भएर कार्यान्वयनको चरणमा रहेको बताए । ‘पुल नहुदा बहुसंख्यक किसानले दुख भोग्नुपरेको तितो ईतिहास हामी माझ रहेको छ अब किसानहरुले गोरु गाडासहित वारपार गर्न सक्नेछन । कच्चि पुलले किसानहरुले पाएको दुख भुलाउने गरि किसानहरुको पक्कि पुल तर्ने सपना साकार हुनेछ’– उनले भने ।

कोहलपुर १५ चन्नहवा स्थित पेडारी नालामाथि यस अघि पनि डिपिआर भई माटो समेत परिक्षण गरिएको थियो । माटो परिक्षण गर्दा ५० फुटसम्म दलदल रहेको प्रतिबेदन आएको र विनियोजित बजेट भन्दा बढि खर्च छेउछाउको सडक बनाउनमै खर्च हुने देखिएपछि परियोजना स्थगन गरिएको थियो ।


यो पुल बनेसंगै बाँकेको खजुराबाट पेडारी हुदै बैजनाथ चिसापानी रुट निकै छोटो हुने र अधिकांस मानिसहरुले प्रयोगमा ल्याउने विश्वास समेत गरिएको छ ।

तत्कालिन कोहलपुर नगर प्रमुख लुटबहादुर रावत, वडाको पहल एबं जनश्रमदानबाट तटबन्धन निर्माण एबं बाटो ग्राभेल भए पश्चात गरिएको डिपिआर बमोजिम परियोजना स्विकृत भई टेण्डर समेत स्विकृत भएको सडक पुर्वाधार विकास कार्यालय नेपालगञ्जका टेक्निकल अफिसर ओम प्रकाश पौडेलले बताए ।

यस परियोजनाको ठेक्का ईलिट कन्र्टक्सन सुकेधारा काठमाण्डौले पाएको छ भने यस्ता परियोजनाहरु देश भरमा आठ वटा रहेकोमा बाँके जिल्लामा २ वटा रहेका छन ।

यसै परियोजना अन्तरगत माननिय वन तथा वातावरण मन्त्री चौधरी, सडक पुर्वाधार विकास कार्यालय नेपालगञ्जका सिनियर डिभिजन ईन्जिनियर ललितबहादुर न्यौपाने लगाएतको टालिले वनकटुवाको दागंपुरुवामा रहेको पक्कि पुल परियोजना स्थलको समेत अनुगमण तथा अबलोकण गरेका छन । भने मन्त्री चौधरीले कोहलपुर २ बर्दहवामा स्थानीय बासिहरुसंग समेत भेटघाट गरको उनको सचिवालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपाली कांग्रेस बाँकेले शनिबार जिल्ला सम्मेलन गर्दै

१६ चैत्र २०७९, बिहीबार १९:२८
नेपालगञ्ज : नेपाली कांग्रेस बाँकेले आगामी शनिबार नेपालगञ्जमा १४औं जिल्ला अधिवेशन पश्चात प्रथम जिल्ला सम्मेलन गर्ने भएको छ । पार्टीले बिहीबार पत्रकार सम्मेलन गरी सो कुराको जानकारी दिएको हो । नेपालगञ्जको सुर्खेतरोडस्थित सिद्धार्थ कटेजमा सुरु हुने सम्मेलनमा १ हजार ६ सय प्रतिनिधि सहभागी हुने बताइएको छ । नेपाली कांग्रेसका महामन्त्री […]