करिव ३ लाखको सुनचाँदीसहित बर्मा प्रहरी नियन्त्रणमा

२३ असार २०७३, बिहीबार १०:३३
 

सदरलाइनडटकम
२३ असार, नेपालगन्ज : ईलाका प्रहरी कार्यालय कोहलपुरले करिव ३ लाख बराबरको सुनचाँदीसहित नेपालगन्ज उप–महानगरपालिका–५ का ५१ वर्षिय रामसेवक बर्मालाई नियन्त्रणमा लिएर अनुसंधान अघि बढाएको छ ।
ईप्रका कोहलपुरका ईञ्चार्ज प्रहरी नायव उपरिक्षक सुरेशप्रसाद काफ्लेले बुधबार बिहान कोहलपुर–१२ रोहिणी खोलाबाट बर्मालाई १ किलो ६ सय ५० ग्राम चाँदी र ३१ ग्राम ७ सय मिलिग्राम सुनसहित नियन्त्रणमा लिएको जानकारी दिए । प्रहरीका अनुसार यसको मूल्य २ लाख ९२ हजार ६४ रुपैया रहेको छ ।
सुराकिले दिएको सूचनाको आधारमा प्रहरीले बर्मालाई सो सुनचाँदी सहित पक्राउ गरीएको प्रहरी नायव उपरिक्षक काफ्लेले जानकारी दिए । पक्राउ परेको सुनको बजार मूल्य १ लाख ६२ हजार ७ सय ९४ र चाँदीको १ लाख २९ हजार २ सय ७० बजार मूल्य रहेको उनले बताए ।
पक्राउ परेका बर्मासंग सो सुनचाँदीको कुनै कागजात नभएको उनले कहाँ लैजान लागेको कुनै जानकारी नदिएको प्रहरीले जनाएको छ । प्रहरीले थप अनुसंधान गरी आवश्यक कारवाही अघिबढाउने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सञ्चारकर्मीलाई सरसफाई तथा स्वच्छता अभियानबारे अभिमुखिकरण

२३ असार २०७३, बिहीबार १०:३३
सदरलाइनडटकम २३ असार, नेपालगन्ज : नेपाल पत्रकार महासंघ बाँकेले जिल्लाका सञ्चारकर्मीलाई सरसफाई तथा स्वच्छता अभियानको बारेमा एकदिने अभिमुखिकरणसहितको अन्तरक्रिया सम्पन्न गरेको छ । जिल्ला विकास समिति बाँकेको आर्थिक सहयोगमा सम्पन्न कार्यक्रममा जिविस बाँकेका सूचना अधिकृत सरद पौडेलले जिल्लालाई पूर्ण सरसफाई जिल्ला घोषणा गर्नको लागि जिल्ला सरसफाई तथा समन्वय समितिले गरेका […]

सम्बन्धित