सल्यानमा बस दुर्घटना हुँदा ७ जना घाइते

सदरलाइन संवाददाता १३ जेष्ठ २०७९, शुक्रबार १७:०७
 

नेपालगञ्ज : सल्यानमा यात्रुबहाक बस दुर्घटनामा परेको छ । सल्यानको बागचौर नगरपालिका–९ पातिहाल्नाबाट दाङका लागि छुटेको ना ३ ख ३८८४ नम्बरको यात्रुबहाक बस बागचौर नगरपालिका २ शारदा खोलामा दुर्घटनामा परेको हो ।

दुर्घटनामा सात जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरीक्षक सन्तोष खनालले जानकारी दिए । दुर्घटनामा बागचौर नगरपालिका ८ कोटमौलाका ६३ वर्षीया चम्फा ढकाल, बागचौर नगरपालिका –८ कोटमौला ४८ वर्षीय अजमत कामी, सोहि ठाउँका ३६ वर्षीय दिपक योगी, ७५ वर्षीय लिलानाथ योगी घाइते भएको प्रहरी प्रवक्ता खनालले जानकारी दिए ।


यस्तै बागचौर नगरपालिका ९ का २३ वर्षीया मनिषा भण्डारी, छत्रेश्वरी–२ दहखोलाका २२ वर्षिय अन्जना गिरी, रोल्पाको गंगादेव गाउँपालिका ३ का डाँडापोखरीका ५८ वर्षीया दिलकुमारी खड्का घाइते भएकी छन् । घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

घाइते सबैको थारमारेमा रहेको जनप्रिय अस्पतालमा उपचार भइरहेको छ । रोकिराखेको बस अचानक दुर्घटनामा परेको प्रहरी प्रवक्ता खनालले बताए । सोहि ठाउँमै ओरालो सडकमा टिप्पर दुर्घटना भएको र बाटो साघुरो देखेपछि साइड हेर्न बस चालक ओरालोमा गाडीलाई गियरमै राखेर बाहिर गएको समयमा बस दुर्घटनामा परेको हो । बसमा ३०–३१ जना सवार रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गाडी दुर्घटनामा परेर मेयर रेनु दाहाल घाइते

१३ जेष्ठ २०७९, शुक्रबार १७:०७
काठमाण्डौ : भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल सवारी दुर्घटनामा परेर घाइते भएकी छन्। गाडीको टायर पन्चर भएर दुर्घटना हुँदा उनको टाउकोमा चोट लागेको ललितपुर प्रहरीले जनाएको छ । उनी चढेको प्रदेश ३–०१–०२३ च ७३१८ नम्बरको गाडी जावलाखेलको स्टाफ कलेज नजिकै बिजुलीको पोलमा ठोक्किएर दुर्घटना हुँदा उनी घाइते भएकी हुन् । […]