राप्तीसोनारीको सामुदायिक वनका अध्यक्ष थारुसहित आठजना पक्राउ

सदरलाइन संवाददाता ९ चैत्र २०७९, बिहीबार १३:४९
 

नेपालगञ्ज : राप्तीसोनारी गाउँपालिका–५ विनौनास्थित सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष भोला थारुसहित आठजनालाई प्रहरीले पक्राउ गरेको छ ।

घाटगद्दीमा रहेको करिब ५२ लाख बराबरको सामुदायिक वनको काठ हिनामिना गरेको स्थानीयले उजुरी गरेपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

जिल्ला वन कार्यालय, बाँकेका सहायक वन अधिकृत गणेश खड्काका अनुसार सयम भवानी सामुदायिक वन उपभोक्ता समितिका सचिव आरती वैश्य, कोषाध्यक्ष मैयासरी थारु, सदस्य कमला केसी, मानबहादुर विक, रामकली थारु, खडगबहादुर ओली र शिवकुमारी थारुलाई वन कार्यालयको हिरासतमा राखिएको छ ।


आठै जनामाथि घाटगद्दीमा राखेको काठ, दाउरा हिनामिना गरेको अभियोगमा मुद्दा चलाइने भएको छ । “काठ, दाउरा बेचेको हिसाब पनि छैन । खातामा समेत पैसा देखिँदैन”, अधिकृत खड्काले भने ।

साल, अस्ना, कर्मा, जामुन, शिरिषलगायत जातका काठका गोलिया बेचबिखन गरेको वन कार्यालयले जनाएको छ । उनीहरुलाई जिल्ला अदालत, बाँकेबाट अनुमति लिएर प्रहरीले पक्राउ गरी वन कार्यालयलाई बुझाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

इलाका प्रहरी कार्यालय कोहलपुरका ७ प्रहरी पुरस्कृत

९ चैत्र २०७९, बिहीबार १३:४९
कोहलपुर (बाँके) : फागुन महिनामा उत्कृष्ट कार्य सम्पादन गर्ने ७ जना प्रहरी कर्मचारीहरूलाई प्रोत्साहन स्वरूप ईलाका प्रहरी कार्यालय कोहलपुरले पुरस्कृत गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले नगद पुरस्कार प्रदान गरी पुरस्कृत गरेका हुन् । सो अवसरमा मातहत प्रहरी ईकाइका प्रमुखहरूलाई प्रहरी सेवा प्रवाह […]

सम्बन्धित