कोरोनाबाट भेरी अस्पतालमा दुईजनाको मृत्यु

सदरलाइन संवाददाता २६ भाद्र २०७८, शनिबार १३:००
 

नेपालगञ्ज : कोरोना भाइरस संक्रमणका कारण बाँकेमा थप दुईजनाको मृत्यु भएको छ ।

नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा बाफिकोट गाउँपालिका–९ रुकुम पश्चिमका ५५ वर्षीय पूरुष र लमही नगरपालिका–५ दाङका ६५ वर्षीया महिलाको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीले जानकारी दिए ।

रुकुम पश्चिमका ५५ वर्षीय पूरुषलाई भाद्र २४ गते कोरोना भाइरस संक्रमण पुष्टि भएपछि सोही दिन उपचारका लागि भेरी अस्पतालको कोभिड वार्डमा भर्ना गरिएको थियो । उनको शुक्रवार राती ८ बजे मृत्यु भएको हो । त्यस्तै लमहीका महिलालाई भाद्र ७ गते कोभिड पुष्टि भएको थियो ।


उनलाई भेरी अस्पतालमा उपचारका लागि भाद्र १९ गते भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार नआउँदा उनको शुक्रवार राती साढे ११ बजे मृत्यु भएको ओलीले जानकारी दिए ।

योसँगै कोरोना भाइरस संक्रमणका कारण हालसम्म जिल्ला बाहिरबाट उपचारका लागि बाँके आएका ४०८ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

शनिवार ऋषिपञ्चमी पर्व मनाईंदै

२६ भाद्र २०७८, शनिबार १३:००
नेपालगञ्ज : भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज नेपाली नारीले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन् । हरितालिका (तीज) को […]

सम्बन्धित