वैज्ञानिकले बनाए पुरुषका लागि गर्भनिरोधक चक्की

१६ चैत्र २०७५, शनिबार १८:५६
 

सदरलाइनडटकम,
काठमाण्डौ : अहिलेसम्म अस्थायी गर्भ निरोधका लागि पुरुषहरुले कण्डमको प्रयोग र स्थायीको लागि बन्ध्याकरण नै गर्दै आएका छन् । तर अब महिलाको जसरी पुरुषहरुले पनि गर्भ निरोधक चक्की खाएर गर्भ निरोध गर्न सक्नेछन् ।
हो वैज्ञानिकहरुले पुरुषले पनि गर्भ निरोध गर्न सक्ने ट्याबलेटको विकास गरिसकेको दावी गरेका छन् । जुन पुरुषहरुको लागि पूर्णतया सुरक्षित छ । लस एन्जल्स बायोमेडिकल रिसर्च इन्स्टिच्युट र युनिभर्सिटी अफ वाशिङटनका शोधकर्ताहरुले यो ट्याबलेटले पुरुषमा शुक्रकिट बन्नबाट रोक्ने दावी गरेका छन् । यो गर्भ्निरोधक ट्याबलेटको प्रयोगले पुरुषमा कुनै साइड इफेक्ट नगर्ने बताएका छन् । अहिलेसम्म पुरुषले गर्भ निरोधको लागि कण्डमको सहायता लिने गरेका थिए ।
महिलाहरुको लागि गर्भनिरोधका विभिन्न उपायहरु छन् । तर महिलाले प्रयोग गर्ने यस्ता गर्भ निरोधक औषधीहरुले उनीहरुको स्वास्थ्यमा नराम्रो असर गरेको पनि पाइन्छ । अर्थात उनीहरुको शरीरमा हर्मोनको सन्तुलन बिग्रिन्छ । वैज्ञानिकका अनुसार पुरुष गर्भनिरोधक औषधीले महिलालाई सबै आफैले सहनुपर्ने बाध्यता घटेको छ, जसले उनीहरुमा नयाँ आशाको किरण उदाएको छ । पुरुषको लागि गर्भ्निरोधकको ट्याबलेट भन्दा पहिले गर्भ निरोधक जेलको आविष्कार गरेका थिए, जसले पुरुषमा शुक्रकिट उत्पादन कम गर्नमा सहयोग गर्छ ।
तर पछिल्लोअध्ययन रिपोर्टले यो जेलमा फीमेल सेक्स हर्मोन प्रोजेस्टेरोनको सिन्थेटिक भर्जन र पुरुषमा पाइने टेस्टेस्टेरोन हर्मोन समावेश गरिएको छ । यस जेललाई पुरुषले आफ्नो काँधमा र कमरमा लगाउनुपर्ने हुन्छ त्यसपछि यो जेलमा भएको हर्मोनलाई छालाले आफूमा ग्रहण गरेर पुरुषमा शुक्रकिट उत्पादनमा नियन्त्रण गर्ने गर्छ । यो जेल अहिले पनि क्लिनिक ट्रायलमा नै छ । यो ट्रायलको नतिजा सन २०२२ सम्म आइपुग्ने अनुमान गरिएको छ ।
(एजेन्सी)

Next Post

भेरीलाई प्रदेशकै ठुलो अस्पताल बनाइने : मन्त्री यादव

१६ चैत्र २०७५, शनिबार १८:५६
सदरलाइनडटकम, नेपालगञ्ज : उपप्रधान तथा स्वास्थ्य तथां जनसंख्या मन्त्री उपेन्द्र यादवले बाँकेमा पश्चिम नेपालकै सबैभन्दा ठुलो अस्पताल बनाउने प्रक्रिया शुरु गरिएको बताएका छन् । शनिवार नेपालगञ्जमा आयोजित कार्यकर्ता भेलामा उनले भेरी अस्पताललाई ५ सय शैयाको अस्पताल बनाउन लागिएको जानकारी गराए । संघीय समाजवादी फोरम बाँकेका अध्यक्ष कमरुद्दीन राईको अध्यक्षतामा भएको […]