एमालेको नेपालगञ्जमा निर्वाचन लक्षित कार्यकर्ता भेटघाट कार्यक्रम

सदरलाइन संवाददाता १४ बैशाख २०७९, बुधबार २०:०३
 

नेपालगञ्ज : नेपाल कम्युनिष्ट पार्टी एमालेबाट नेपालगञ्ज नगरका मेयर र उपमेयरका प्रत्यासी तथा वडा नं. १७ का एमालेबाट वडाअध्यक्ष तथा वडा सदस्यहरुका प्रत्यासीले स्थानिय तह निर्वाचन लक्षित कार्यकर्ता भेटघाट कार्यक्रम गरेका छन् ।

बुधबार वडा नं १७ मा संपर्क कार्यालय उद्घाटन संगै उनिहरुले कार्यकर्ता भेटघाट समेत गरेका हुन् ।

सो भेटघाटका क्रममा बोल्दै एमालेका नेपालगञ्ज नगरका मेयरका प्रत्यासी तथा एमालेका केन्द्रिय सदस्य पशुपतिदयाल मिश्रले यहाँको शिक्षा, स्वास्थ्य र पुर्वाधारको विकासका निमित्त आफुलाई भोट दिएर जिताउन आग्रह गरे । उनले आफुले जितेको खण्डमा नगरको समग्र विकासका साथसाथै संघ र प्रदेशको लगानीमा सुरु भएका तर रोकिएका ठुला योजना पुरा गर्न दवाव दिने प्रतिबद्धता समेत जाहेर गरे ।


यस्तै नगरका उपमेयरका प्रत्यासी शान्ति ढकालले विकास निर्माण संग स्थानियलाई जोड्नका लागि एमालेको स्थानिय सरकार आउन अपरिहार्य भएकोमा जोड दिंदै आफुहरु कृषि, खानेपानि, स्वास्थ्य तथा उद्यमी महिला उत्पादन र महिलालाई प्रत्यक्ष रुपमा आर्थीक क्रियाकलाप संग जोड्नका लागि प्रतिबद्ध रहेको बताईन् ।

साथै उनले एमाले पार्र्टीले संविधानको कार्यान्वयन गर्दै प्रमुख वा उपप्रमुख मध्ये एक जना महिला उम्मेद्वार उठाएकोले आफु तथा आफ्नो पार्टीले संधै राजनितिमा महिलाको ३३ प्रतिशत सहभागिताको सुनिश्चित गरेको दावि गरिन् ।

सो अवसरमा पार्टीका केन्द्रिय सदस्य दिपा शर्मा, हारुन हल्वाई, नेपाल ईत्तहाद मुस्लिम संगठनका केन्द्रिय सचिव हलिम शाह लगायत नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगन्ज ३ मा एमालेको सम्पर्क कार्यालय उद्घाटन

१४ बैशाख २०७९, बुधबार २०:०३
नेपालगन्ज : नेपाल कम्युनिष्ट पार्टी एमाले नेपालगन्ज उप–महानगरपालिका वडा नं ३ मा सम्पर्क कार्यालय उद्घाटन गरिएको छ । नेपालगन्ज उप–महानगरपालिका वडा नं ३ स्थित बुधवार नेकपा एमालेको सम्पर्क कार्यालय उद्घाटन गरिएको हो । सो कार्यालयको नेकपा एमालेका केन्द्रिय सदस्य हारुन हल्वाईले रिबन काटेर उद्घाटन गरेका हुन् । सो अवसरमा बोल्दै […]