इलाका प्रहरी कार्यालय कोहलपुरका ७ प्रहरी पुरस्कृत

सदरलाइन संवाददाता ९ चैत्र २०७९, बिहीबार १३:५५
 

कोहलपुर (बाँके) : फागुन महिनामा उत्कृष्ट कार्य सम्पादन गर्ने ७ जना प्रहरी कर्मचारीहरूलाई प्रोत्साहन स्वरूप ईलाका प्रहरी कार्यालय कोहलपुरले पुरस्कृत गरेको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले नगद पुरस्कार प्रदान गरी पुरस्कृत गरेका हुन् ।


सो अवसरमा मातहत प्रहरी ईकाइका प्रमुखहरूलाई प्रहरी सेवा प्रवाह आम नागरिकको अपेक्षा बमोजिम हुनुपर्ने, उच्च व्यवसायिक निष्ठा कायम गर्नुपर्ने, अपराध रोकथाम तथा न्यूनीकरणमा समुदाय प्रहरी साझेदारीको अवधारणा अनुरूप सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने लगायतका विषयमा निर्देशन समेत दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गठबन्धन भत्काउन हामी लाग्दैनौं : महासचिव पोखरेल

९ चैत्र २०७९, बिहीबार १३:५५
दाङ : नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले दशदलीय गठबन्धन भत्काउन आफूहरु नलाग्ने बताएका छन् । उनले निर्वाचनअघिको पाँचदलीय गठबन्धनलाई सत्ता नेतृत्व चलाउन जनमत प्राप्त नभएकाले सरकार सञ्चालनका लागि नेकपा (माओवादी केन्द्र) लाई एमालेले सहयोग गरेको बताए । प्रेस चौतारी दाङ शाखाले घोराहीमा बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले […]

सम्बन्धित