गुल्मीमा जीप दुर्घटना हुँदा दुईको मृत्यु

१४ कार्तिक २०७६, बिहीबार १३:४५
 

सदरलाइनडटकम,
गुल्मी : गुल्मीमा बुधवार राति जीप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । लु १ च ३५१४ नं. को जिप मुसिकोट नगरपालिका वडा नं ९ को दाङसिङबाट ददल्का तर्फ जाँदै गर्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।
मृत्यु हुनेमा सोही वडाका ७५ वर्षीय रामप्रसाद खरेल र रेसुंगा नगरपालिका–३ की ५८ वर्षीया मसुरी बिक रहेको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायव उपरीक्षक मिन बहादुर घलले जानकारी दिए ।
घाइतेहरुमा मुसिकोट नगरपालिका–७ का २४ वर्षीय भानुभक्त पौडेल, आठ वर्षीया सोनिया बिक, बिष्णु बिक र मुसिकोट ९ का चालक ३० वर्षिय ज्ञानबहादुर बिक रहेका छन् । घाइतेहरुको बाग्लुङको हटियामा उपचार पछि पाल्पाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको घलेले जनाए ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ । शवलाई पोष्टमार्टमका लागि गुल्मी अस्पताल तम्घासमा ल्याइएको छ ।

Next Post

भारतको जम्मूकश्मीर र लद्दाख बने केन्द्रशासित प्रदेश

१४ कार्तिक २०७६, बिहीबार १३:४५
सदरलाइनडटकम, काठमाण्डौ : गत ५ अगष्टमा धारा ३७० हटाइएको झण्डै तीन महिनापछि बिहीवार जम्मू कश्मीर र लद्दाख दुईटा केन्द्रशासित प्रदेश बनेका छन् । बुधवार रातिबाट जम्मू कश्मीर राज्य दुई केन्द्रशासित प्रदेशमा विभाजित भईसकेका छन् । दुई केन्द्रशासित प्रदेशको अस्तित्वमा आउनका लागि ३१ अक्टोबरसम्मको तारिख तय गरिएको थियो, जुन स्वतन्त्र भारत […]