पिचमा अलकत्रा राखिरहेको ट्यांकरमा आगलागी

सदरलाइन संवाददाता २६ असार २०८०, मंगलवार १६:००
 

नेपालगञ्ज : बाँकेको राप्ती सोनारी गाउँपालिका ३ नवलपुरमा रोड पिच गर्ने क्रममा अलकत्रा राखिरहेको ट्यांकरमा आगलागी भएको छ । बा १ ग ३६४१ नम्बरको ट्यांकरमा सोमबार साँझ आगलागी भएको हो ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीका अनुसार उक्त पालिकाको वडा नं. ३ स्थित नवलपुरको रोडमा पिच गर्ने क्रममा ट्यांकरमा अचानक आगलागी भएको हो । आगलागी भएको उक्त ट्यांकरलाई चालक राम बहादुर खड्काले चलाएका थिए ।


आगलागीपछि कोहलपुर नगरपाकिलाबाट पठाइएको दमकलले ट्यांकरको आगो ३० मिनेटपछि निभाएको प्रहरीले जनाएको छ । आगलागीबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आईआईएमसीका विद्यार्थी बिना भारतीय पत्रकारीता अधुरो छ :  प्रो.डा. द्विवेदी

२६ असार २०८०, मंगलवार १६:००
नया दिल्ली (भारत), भारतीय जन संचार संस्थान (आईआईएमसी) महानिर्देशक प्रा. डा. संजय द्विवेदीले आईआईएमसीका विद्यार्थी बिना भारतीय पत्रकारिता अधुरो र अपुरो रहेको बताएका छन । उनले आफ्नो ३ वर्षे सफल कार्यकाल पुरा गरी आईआईएमसी परिसरमा आयोजित विदाई समारोहलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन । ‘आईआईएमसीका शिक्षक र विद्यार्थीको संयुक्त […]