प्रेस चौतारीको स्थापना दिवसमा ज्येष्ठ नागरिकलाई फलफूल बितरण

२२ माघ २०७३, शनिबार १०:०८
 

सदरलाइनडटकम  
२२ माघ, नेपालगन्ज : नेपाली पत्रकारहरुको अगुवा संगठन प्रेस चौतारी नेपालको १९ औं स्थापना दिवशको अवसरमा प्रेस चौतारी बा“केले शनिवार नेपालगन्जमा घरपरिवारबाट बहिष्करणमा परेका बृद्धबृद्धाहरुलाई फलफुल बितरण गरेको छ ।
नेपालगन्जको गुरुद्वारास्थित निलसागर बृद्धाश्रममा एक कार्यक्रमको आयोजना गरी त्यहाँ रहेका १४ जना बृद्धबृद्धाहरुलाई फलफुल बितरण गरिएको हो । राज्यले ज्येष्ठ नागरिकहरुको हेरचाहमा आफ्नो जिम्मेवारीतालाई गम्भीर रुपले लिनुपर्ने कुरामा जोड दिदै ‘फलफुल बितरण तथा अन्तरक्रिया’ कार्यक्रममा ज्येष्ठ नागरिकहरुको हकहितमा काम गर्दै आएका अगुवा र सञ्चारकर्मीले आफन्तबाटै बेवारिसे पारिएका ज्येष्ठ नागरिकहरुलाई राज्यले उनीहरुको हेरचाहमा गम्भीर हुन आवश्यक रहेको औल्याए ।
सो कार्यक्रममा बोल्दै बृद्धाश्रमकी अध्यक्ष सरिता खनालले राज्यले ध्यान नदिएपछि नीजिक्षेत्रबाट भएपनि ज्येष्ठ नागरिकहरुको हेरचाह गर्नुपर्ने अबस्था रहेको बताईन । उनले भनिन्,–‘आफन्तहरुबाट वेवारिसे छाडिएका ज्येष्ठ नागरिकहरुलाई कहा“ राख्ने ? चिन्ताको बिषय भएको छ ।’ गत जेठमा सञ्चालनमा आएको बृद्धाश्रममा अहिले १४ जना बृद्धबृद्धाहरु रहेका छन् । बिभिन्न क्षेत्रबाट हुने सहयोग र आफ्नै लगानीमा खर्च ब्यवस्थापन गरिएको खनालले भनिन् ।
उक्त कार्यक्रममा बोल्दै नेकपा एमाले केन्द्रीय प्रचार बिभाग सदस्य डिल्ली बिसीले मनमोहन अधिकारी नेतृत्वको तत्कालिन सरकारले बृद्धबृद्धाहरुको ब्यवस्थापनका लागि भनेरै भत्ताको ब्यवस्था गरेको स्मरण गराए । उनले भने,–‘त्यो बेलादेखि शुरु भएको भत्ता अहिले दुई हजार पुगेको छ । यसले पनि बृद्धबृद्धाहरुलाई थोरै भएपनि राहात दिएको छ ।’ बिसीले बृद्धबृद्धाहरुलाई सकभर बृद्धाश्रममा आउन नपरोस् भन्नका लागि छोराछोरीहरुले जिम्मेवारीबोध गर्नुपर्ने बताए ।
कार्यक्रममा प्रेस चौतारी नेपाल अनुशासन आयोगका अध्यक्ष जे पाण्डे, केन्द्रीय सदस्य भेषराज बस्नेत, प्रेस चौतारीका पूर्व केन्द्रीय उपाध्यक्ष शिव डोटेल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य झलक गैरेले ज्येष्ठ नागरिकहरुको ब्यवस्थापनको दबाब दिन सञ्चारकर्मीहरुले महत्वपूर्ण भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । ‘बृद्धबृद्धाहरुको ब्यवस्थापन गर भनेर हामीले कलमको माध्यमबाट दबाब दिदै आएका छौं । थप दबाब दिन जरुरी छ ।’ कार्यक्रममा प्रेस चौतारी बांकेको तर्फबाट सो बृद्धाश्रमका बृद्धबृद्धाहरुलाई फलफुल बितरण गरिएको अध्यक्ष हेमन्त बिकले जानकारी दिएका छन् ।
प्रेस चौतारी बा“केले स्थपाना दिवशको अवसर पारेर आईतबार बिहान ८ बजे नेपालगन्ज रंगशालामा मध्यपश्चिम क्षेत्रीय खेलकुद बिकास समितिका पदाधिकारी, खेलाडीहरुबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गरेको प्रेस चौतारी बाँकेका सचिव कमल डाँगीले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गाउँमा चौकीदार छनौटका लागि निर्वाचन

२२ माघ २०७३, शनिबार १०:०८
सदरलाइनडटकम   २२ माघ, नेपालगन्ज : बाँकेको ईगाउमा चौकिदारको छनौटको लागि पहिलोपटक निर्वाचन भएको छ । मुलुकमा लामो समयदेखिको स्थानीय निकायको निर्वाचन हुन नसकेकोले गाउ र टोलमा निर्माण हुने विभिन्न खाले समितिहरु चयन हुँदा समते निर्वाचन हुन थालेको छ । यसको प्रत्यक्ष उदाहरण भनेको बाँकेको बागेश्वरी गाविस ८ ईगाउँमा चौकीदार […]