सदरलाइनडटकम,
कोहलपुर (बाँके) : ईलाका प्रहरी कार्यालय कोहलपुरले हवल्दारपुरबाट नगद रकमसहित ६ जना जुवाडेलाई बुधवार बेलुकी पक्राउ गरी बिहीवार सार्वजनकि गरेको छ । प्रहरीले जुवाडेहरुका साथबाट ८५ हजार ७ सय ५ रुपैयाँ बरामद गरेको ईलाका प्रहरी कायार्यलय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रमेश बहादुर सिंहले जानकारी दिएका छन् ।
प्रमोद खटिक, नेतबहादुर वली, यमबहादुर गुरुङ, ओमबहादुर पुनमगर, पुष्कर खाँड र लोकबहादुर विकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई प्रहरीले म्याद थप गरेर कारबाही प्रक्रिया अघि बढाएको छ ।
