नेपालगञ्जमा सडकमा कुखुरा फालेर आन्दोलन

सदरलाइन संवाददाता २ चैत्र २०७९, बिहीबार १३:०६
 

नेपालगञ्ज : बाँकेका कुखुरा व्यवसायीहरुले सडकमा कुखुरा फालेर आन्दोलन गरेका छन् । नेपालगञ्जको गणेशमान चोकमा कुखुरा फालेर आन्दोलन गरेका हुन् ।

उनिहरुको आन्दोलनका कारण केहिबेर सडक अबरुद्ध भएको थियो । भारतबाट अबैधरुपमा भित्रिने कुखुराका कारण नेपाली कुखुराले बजार नपाएकोले बाध्य भएर आन्दोलन गर्नु परेको पोल्टी व्यवसायी मोहम्मद हुसेन खाँले बताए । आफ्नो समस्याबारे जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयलाई पटकपटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएपछि बाध्य भएर आन्दोलन गर्नु परेको उनको भनाइ छ ।


उनले भारतबाट भित्रिने अबैध कुखुराका कारण नेपाली किसान पीडित बनेको बताए । सशस्त्र र नेपाल प्रहारीको सेटिङमा तस्करहरुले भारतबाट ज्युँदै कुखुरा र तयारी मासु नेपाल ल्याउने गरेका छन् ।

जमुनाहा, साई गाउँ र नरैनापुर क्षेत्रबाट ठूलो मात्रामा भारतबाट अबैध कुखुरा नेपालमा आउने गरेको किसानहरु गुनासो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जको स्ववियू निर्वाचन ८ चैतमा

२ चैत्र २०७९, बिहीबार १३:०६
नेपालगञ्ज : नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) को निर्वाचन ८ चैतमा हुने भएको छ । यसअघि स्ववियू निर्वाचनको मनोनयन गर्ने समय २७ फागुन र ३ चैतमा निर्वाचनको मिति तोकिएको थियो । उम्मेदवारी मनोनयनको विहान ९ विद्यार्थी संगठनले क्याम्पस प्रशासनमा ताला लगाएपछि निर्वाचन अनिश्चित भएको थियो । क्याम्पस […]

सम्बन्धित