मंगलवारदेखि बाँकेमा सबै गाडी चल्न थाले

सदरलाइन संवाददाता २२ असार २०७८, मंगलवार १३:५८
 

नेपालगञ्ज : बाँकेमा मंगलवारदेखि निर्वाधरुपमा गाडी चल्न थालेका छन् । निषेधाज्ञा असार ३१ गतेसम्म लम्ब्याइए पनि जिल्ला प्रशासन कार्यालय बाँकेले आजदेखि जिल्लाभित्र सबै सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन हुन दिने आदेश जारी गरेको थियो ।

यसअघि गत असार १४ गतेदेखि जोर विजोर प्रणालीमा सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गर्न दिइएको थियो । तर, धेरैले आदेश उल्लंघन गर्दै सबै गाडीहरु चलाइरहेका थिए । जिल्लामा गत बैशाख १३ गतेदेखि निषेधाज्ञा जारी गरिएपछि असार १३ गतेसम्म सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनका लागि अनुमति दिइएको थिएन ।


सोमवार रातीदेखि निषेधाज्ञा थप खुकुलो बनाउँदै सबै प्रकारका सार्वजनिक तथा निजी सवारी साधन चल्न दिइएपछि मंगलवार सडकमा धेरै गाडी गुडेका छन् । पसल व्यवसाय पनि विहान ९ बजेदेखि साँझ ७ बजेसम्म खोल्न दिइएको छ । सभा, सम्मेलन, गोष्ठी, विद्यालय, कलेज सञ्चालनमा भने अझै रोक लगाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कालिकोटमा जीप दुर्घटना हुँदा एकको मृत्यु चार घाइते

२२ असार २०७८, मंगलवार १३:५८
कालिकोट  :  कालिकोटको रास्कोट नगरपालिकाबाट मान्म जाँदै गरेको जीप नरहरीनाथ गाउपालिकामा दुर्घटना हुँदा एक जनाको ज्यान जानुको साथै चार जना घाइते भएका छन् । प १ ल २३ नम्बरको जीप शान्तिघाटको ओरालो बाटोमा दुर्घटना हुँदा सान्नीत्रिवेणी–३ की ३५ वर्षीया पम्फा फडेराको ज्यान गएको कालीकोट प्रहरी प्रमुख तथा प्रहरी नायव उपरीक्षक […]