युवा महिलालाई रोजगारी र अवसर प्रदान गर्न प्रतिवद्ध

सदरलाइन संवाददाता १ चैत्र २०७९, बुधबार १६:०१
 

नेपालगञ्ज : बाँके युनेस्को क्लबले युवा महिलालाई अवसर र रोजगारी सृजना गराउनकालागि बर्दियाको ठाकुरबाबा नगरपालिकामा स्थानीय सरकारका सरोकारवाला र युवा महिलाविच कार्यशाला सम्पन्न गरेको छ ।

प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा सञ्चालन गरिएको पर्ल परियोजना अन्तर्गत सो कार्यशालाको आयोजना गरिएको हो ।

लैङ्गिक रुपान्तरणका लागि महिलालाई स्थानीयस्तरबाट अवसरहरु सृजना गर्न तथा सुरक्षित वातावरण निर्माणका लागि सो कार्यशालाको आयोजना गरिएको क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताए ।

सो कार्यशालामा ठाकुरबाबा नगरपालिकाका मेयर तिलकराम लम्सालले पालिका भित्रका बढीभन्दा बढी युवा महिलालाई रोजगारी लगायतका विभिन्न अवसर दिने बारेमा स्थानीय सरकार गम्भीर रहेको बताए ।


उनले महिलालाई आर्थिक रुपमा सक्षम बनाउन नगरपालिकाले हरेक प्रकारका योजना र कार्यक्रम ल्याउने जनाउँदै लैंगिकताले त्यसमा कुनै बाधा व्यवधान नहुने बताए ।

कार्यशालामा नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत अनन्तराज सुवेदी, महिला शाखा प्रमुख गगनसरा आचार्य, शिक्षा शाखा प्रमुख सिता भण्डारी, रोजगार संयोजक रविन्द्र अर्याल, वडा नम्बर १ देखि ९ सम्मका वडा अध्यक्षहरु, महिला सदस्यहरु र स्थानीय युवा महिला गरेर ३५ जनाको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागि सबै सरोकारवालाले युवा महिलालाई अवसर र रोजगारीबाट बन्चित नगरिने प्रतिवद्धता पनि सो अवसरमा गरेको बाँके युनेस्को क्लबका परियोजना संयोजक गोविन्द लामिछानेले बताए ।

सो कार्यशालाको सहजीकरण अधिवक्ता राजकुमार थारुले गर्नु भएको थियो भने निमित्त प्रशासकीय अधिकृत अनन्तराज सुवेदी र वडा नम्बर ७ का वडा अध्यक्ष कमल विष्टले नितिगत व्यवस्था, महिलाको अर्थपुर्ण सहभागिता र क्षमता विकासका बारेमा प्रष्ट पारेका थिए । सो गोष्ठिमा पर्ल परियोजनाको हालसम्मको क्रियाक्लाप र उपलब्धीको समिक्षा प्रस्तुती परियोजना संयोजक लामिछानेले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राजापुरका सामुदायिक विद्यालयको सामुहिक अनुगमन

१ चैत्र २०७९, बुधबार १६:०१
राजापुर (बर्दिया)  : बर्दियाको राजापुर नगरपालिकामा सामुदायिक विद्यालयको बुधवार संयुक्त अनुगन गरिएको छ । राजापुर नगरपालिकामा वडानं ३ र ९ मा रहेका दुर्गा भवानी प्राथामिक विद्यालय, बागेश्वरी प्राथामिक विद्यालयको सरोकारवालाद्वारा संयुक्त अनुगमन गरिएको हो । प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा राजापुर नगरपालिकाको समन्वय सहकार्यमा सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल […]