सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

सदरलाइन संवाददाता ७ पुष २०७८, बुधबार १३:१५
 

नेपालगञ्ज : सवारी ज्यान मुद्दाका फरार प्रतिवादीलाई बाँके प्रहरीले पक्राउ गरेकोक छ । नेपालगञ्ज उपमहानगरपालिका–१८ का ३० वर्षीय साधु अहिरलाई प्रहरीले पक्राउ गरेको हो ।

सवारी ज्यान मुद्दामा जिल्ला अदालतबाट अहिर दोषी ठहर भएका थिए । गएको फागुन १७ गते जिल्ला अदालतले अहिरलाई तीन महिना १९ दिन कैद र दुई हजार रुपैयाँ फैसला सुनाएको थियो । त्यसपछि अहिर सम्पर्कविहीन भएका थिए ।


उनलाई घरबाटै पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ । पक्राउ परेका अहिरलाई कैद भुक्तानीका लागि बुधवार जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अन्तरजातीय विवाहपछि बेपत्ता भएका युवक भेटिए

७ पुष २०७८, बुधबार १३:१५
नेपालगञ्ज : अन्तरजातीय विवाह गरेर मंसिर २९ गतेदेखि सम्पर्कविहिन हुम्लाका चन्द्रे कामी भेटिएका छन् । उनको खोजीमा गएको प्रहरीले खार्पुनाथ गाउँपालिकामा फेला पारेको हो । उनको खोजीका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । बुधबार बिहान ८ बजे हिँडिरहेको अवस्थामा चन्द्रेलाई फेला पारिएको हुम्ला प्रहरीले जनाएको छ । प्रहरी […]

सम्बन्धित