५ नम्बर प्रदेश स्तरीय प्रथम उपराष्ट्रपति कप चिल्ड्रेन गेम्स नेपालगन्जमा सुरु

७ जेष्ठ २०७५, सोमबार २०:५८
 

सदरलाइनडटकम 
७ जेठ, नेपालगन्ज : मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिको आयोजनामा नेपालगन्जमा सोमबारदेखि ५ नम्बर प्रदेश स्तरीय प्रथम उपराष्ट्रपति कप चिल्ड्रेन गेम्स सुरु भएको छ
नेपालगन्ज रंगशालामा एक कार्यक्रमकाबिच उपराष्ट्रपति कप चिल्ड्रेन गेम्सको प्रदेश सभा सांसद कृष्णा केसी नमुनाले उद्घाटन गरेकी हुन ।
आयोजकका अनुसार उपराष्ट्रपति कप चिल्ड्रेन गेम्समा ५ नम्बर प्रदेशका १२ जिल्लाका ३ सय ३६ जना खेलाडी र ६० जना अफिसियलहरु सहभागी भएका छन् ।
उद्घाटन सत्रमा प्रमुख अतिथि प्रदेश सांसद नमुनाले खेल क्षेत्रको विकास गर्नको लागि बालबालिकालाई सानै उमेरदेखि खेलकुदमा सहभागिता गराउनुपर्ने बताइन् । यस क्षेत्रमा खेलकुदको विकासको लागि आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत उनले जनाइन् ।
जिल्ला समन्वय समिति बाँकेका संयोजक अजयकुमार श्रीवास्तव, राष्ट्रिय खेलकुद परिषदका सदस्य बिनोद मैनाली, नेपालगन्ज उप–महानगरपालिकाकी उप–प्रमुख उमा थापामगर, वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक राजन गौतम, नेपाल पत्रकार महासंघ प्रदेश ५ का सचिव शुक्रऋषि चौलागाई, पत्रकार, प्रशिक्षक, खेलाडी लगायतको सहभागिता रहेको थियो ।
मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भिम ओलीको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन समारोहमा उपाध्यक्ष नरेन्द्र थापाले स्वागत मतव्य राखेका थिए ।
प्रदेश नम्बर पाँच बाट छनौट भएका ( विजेता÷उपविजेता) ले यही जेठ १० र ११ गते काठमाडौंमा आयोजना हुने राष्ट्रियस्तरको उपराष्ट्रपति चिल्ड्रेन गेम्समा सहभागिता जनाउने छन् ।
चिल्ड्रेन गेम्स अन्तरगत एथलेटिक्स, लङजम्प, ट्रिपलजम्प, सटपुट, कराते, उसु, तेक्वान्दो लगायतका खेलहरु समाविष्ट गरिएको प्रचार–प्रसार उपसमितिका संयोजक एवँ क्षेत्रीय उपाध्यक्ष थापाले जानकारी दिए ।
प्रतियोगितामा कक्षा ६, ७ र ८ मा अध्यनरत १४ बर्षसम्मका विद्यार्थीहरुले सहभागिता जनाएका छन् । प्रतियोगिताको कुल लागत खर्च १७ लाख ४० हजार रुपैया रहेको बताईएको छ ।
यसैबीच सोमबार कराते खेलका बिभिन्न ईभेन्टहरु सम्पन्न भएका छन । छात्र ३० किलोग्राम तौलतर्फ रुपन्देहीका सन्तोष खडका र नवलपरासीका आयुष कंवर, ३४ केजीमा दांगका प्रज्जवल सुनार र सुशान्त थापा क्षेत्री, ३८ केजीमा अर्घाखाचीका मनोज घर्तिमगर र कपीलबस्तुका प्रशान्त पुन मगर, ३८ केजीमा रुपन्देहीका समिन गिरी र रोल्पाका आदर्श सिंह राना फाईनलमा प्रवेश गरेका छन ।
त्यसैगरि छात्रातर्फ ३० केजीमा रुपन्देहीकी श्रृष्टि गुरुंग र अर्घाखाचीकी दृष्टि सारु, ३४ केजीमा कपिलबस्तुकी आकृति गुरुगं र रुपन्देहीकी अनिता बिक, ३८ केजीमा रोल्पाकी अनिता पुन र कपिलबस्तुकी निश्चल पुनमगर फाईनलमा प्रवेश गर्न सफल भएकी छिन ।
फाईनल खेल र काता प्रदर्शनका खेल मंगलबार सम्पन्न हुने कराते प्रशिक्षक कृष्ण चौधरीले जानकारी दिए । त्यसैगरि एथ्लेटिक्सको १०० मीटर दौड छात्रतर्फ कपिलबस्तुका तुलसीराम थारु प्रथम, दांगका सुरेन्द्र बिक द्वितीय, सुशील थारु तृतीय भएका छन । सोहि ईभेन्टको छात्रातर्फ बर्दियाकी प्रशान्ती थारु प्रथम, रुपन्देहीकी आरती चौधरी द्वितीय, बाँकेकी खिमा राजकोटी तृतीय भएकी छिन ।
लंगजम्प छात्रतर्फ दांगका कृष्ण घिमिरे प्रथम, अर्घाखाचीका गणेश मुखिया द्वितीय, बर्दियाका सुशील थारु तृतीय भएका छन भने छात्रातर्फ नवलपरासीकी भीम कुमारी चौधरी प्रथम, बर्दियाकी बिन्दु खडका द्वितीय, रुपन्देहीकी आरती चौधरी तृतीय भएकी छिन । शटपुट छात्रतर्फ कपिलबस्तुका तुलसीराम थारु प्रथम, बर्दियाका किरण केसी द्वितीय, प्युठानका अनिल बुढामगर तृतीय भए भने छात्रातर्फ बाँकेकी समिक्षा बिक प्रथम, दांगकी निरमा चौधरी द्वितीय, नवलपरासीकी सुस्मिता चौधरी तृतीय भएकी छिन

Next Post

तीन जना विद्यार्थीका लागि ३ शिक्षक

७ जेष्ठ २०७५, सोमबार २०:५८
सदरलाइन / रुद्र सुवेदी    ८ जेठ, नेपालगन्ज : सुन्दा पनि झट्ट पत्याउन गाह्रो तर, कटु सत्य कक्षा ५ सम्म सञ्चालन भएको आधुनिक भवनसहितको सामुदायिक विद्यालयमा विद्यार्थी संख्या ३ र शिक्षक पनि तीन । बाँकेको डुडुवा गाउपालिकामा रहेको एक प्राथामिक तहको विद्यालयमा चालु शैक्षिक सत्रमा तीनजना विद्यार्थी मात्र विद्यालय भर्ना […]