लागूऔषधसहित ५ जना पक्राउ

सदरलाइन संवाददाता २२ कार्तिक २०८०, बुधबार १३:३६
 

नेपालगञ्ज : बाँके र बर्दियाबाट लागूऔषध सहित ५ जना पक्राउ परेका छन् ।

बाँसगढी नगरपालिका–८ पिसिओ चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ७० मिलिग्रामसहित सोही नगरपालिका–४ मटरिया गाउँ बस्ने २२ वर्षीय निरज कार्कीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मोतीपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी बर्दिया, बढैयाताल गाउँपालिका–२ फुटाहाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ६ ग्राम ७ मिलिग्रामसहित सोही गाउँपालिका–७ पेडारी बस्ने २२ वर्षीय अभिषेक थारू समेत २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनी र जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।


बाँके, बैजनाथ गाउँपालिका–६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ३० मिलिग्रामसहित खजुरा गाउँपालिका–८ बस्ने १९ वर्षीय समिर खान र २३ वर्षीय हरण सेखलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले भे.१२ प २०२२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

घाइतेको उपचार पहिलो प्राथमिकतामा : मन्त्री ज्वाला

२२ कार्तिक २०८०, बुधबार १३:३६
नेपालगञ्ज : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार गराइरहेका भूकम्पका घाइतेलाई भेटेर उनिहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । बुधबार भेरी अस्पताल पुगेका मन्त्री ज्वालाले घाइतेहरुलाई भेटेर उनिहरुको स्वास्थ्य अवस्था बुझ्नुका साथै चिकित्सकहरुसँग पनि उपचारका बारेमा जानकारी लिएका थिए । सो अवसरमा उनले घाइतेको उपचारलाई सरकारले […]