नेपालगञ्ज–१२ मा जेष्ठ नागरिक मिलन केन्द्र भवनको शिलान्यास

सदरलाइन संवाददाता २३ फाल्गुन २०७९, मंगलवार १३:११
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ मा जेष्ठ नागरिक मिलन केन्द्र भवन बन्ने भएको छ । भवनको मंगलवार शिलान्यास गरिएको छ । पूर्व मन्त्री गजेन्द्रबहादुर हमाल र वडा नम्बर १२ को जेष्ठ नागरिक क्लबका अध्यक्ष अजितकुमार शर्माले जेष्ठ नागरिक मिलन केन्द्र भवनको शिलान्यास गरेका हुन् ।

भवन वडा नम्बर १२ स्थित मरघटियामा बन्न लागेको हो । चालू आर्थिक बर्षको अन्त्यसम्ममा निर्माण सम्पन्न गर्ने गरी काम सुरु गरिएको वडा अध्यक्ष तरुणकुमार बज्राचार्यले बताए । लुम्बिनी प्रदेश सरकारबाट प्राप्त २० लाख बजेटमा भवन निर्माण गर्न लागिएको बज्राचार्यले जानकारी दिए ।

निवर्तमान प्रदेश सांसद सुरेन्द्रबहादुर हमालले उपलब्ध गराएको उक्त बजेटमा भवन बन्न लागेको हो । वडा अध्यक्ष बज्राचार्यले वडाका ६० बर्ष माथिका जेष्ठ नागरिकका लागि भेटघाट गर्ने थलोका रुपमा भवन बनाउन लागिएको बताए । उनका अनुसार हाल वडा नम्बर १२ मा करिब ६०० जना जेष्ठ नागरिक छन् ।


“जेष्ठ नागरिकका लागि भेटघाट गर्न निश्चित स्थान रहोस्, जीवनको उत्तरार्धमा समूहमा बसेर रमाइलो गर्ने, योगा गर्ने, भजनकिर्तन, दुःखसुखका कुरा गर्न सक्ने वातावरण बनोस् भन्ने उद्देश्यले भवन बनाउँदैछु, उनले भने ।

बज्राचार्यले उपभोक्ता समिति गठन गरेर काम अघि बढाइएको बताए । “जसको लागि भवन हो, उसले बनाउनुपर्दछ भन्ने मान्यताका साथ जेष्ठ नागरिक क्लबलाई नै उपभोक्ता समितिको जिम्मेवारी दिएका छौं, उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

धान खरिदको लक्ष्य अधुरै, बाँकेमा नौ हजार क्विन्टल मात्रै खरिद

२३ फाल्गुन २०७९, मंगलवार १३:११
नेपालगञ्ज : बाँकेमा २५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्यसहित खाद्य व्यवस्था कम्पनी लिमिटेड कार्यालयले खरिद शुरु गरेकामा नौ हजार क्विन्टल मात्र धान खरिद भएको छ । धान बिक्रीका लागि किसान कार्यालयमा आउन छाडेपछि फागुनको पहिलो साताबाट धान खरिद बन्द गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जका प्रमुख रामशरण […]