बर्दियामा बिद्यालय सुधार योजना निर्माण सम्बन्धी कार्यशाला गोष्ठी शुरु

सदरलाइन संवाददाता २५ पुष २०७९, सोमबार १३:१९
 

नेपालगञ्ज : प्लान इन्टरनेशनल नेपाल तथा सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल बाँकेको साझेदारि तथा शिक्षा बिकास समन्वय इकाइ बर्दियाको समन्वयमा प्रधानाध्यापकहरुका लागि बिद्यालय सुधार योजना निर्माण सम्बन्धी कार्यशाला गोष्ठी शुरु गरिएको छ ।

बर्दिया जिल्लाका परियोजना सञ्चालन भएका राजापुर नगरपालिका, बारबर्दिया नगरपालिका, मधुवन नगरपालिका, गुलरिया नगरपालिका, ठाकुरबाबा नगरपालिका र गेरुवा गाउपालिकामा सञ्चालित २५ बिद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुको सहभागिता रहेको छ ।

कार्यशाला उदघाटन सत्रमा शिक्षा बिकास समन्वय इकाइ बर्दियाका शाखा अधिकृत महेशदत्त देवकोटाको प्रमुख आतिथ्यतामा सञ्चालन गरिएको उक्त कार्यक्रममा बोल्दै बिद्यालय सुधार योजना निर्माण सहयोगी पुस्तिका २०७४ ले ब्यबस्था गरे अनुरुप बिद्यालयको योजना बनाउने गरिएको भएपनि बिद्यालयको आबश्यकता, र स्थानिय माग र अबसरलाई मुख्य रुपमा राखि योजना निर्माण गर्दा योजना प्रभावकारी रहने बताउँदै यस कार्यशालले आगामी दिनमा बिद्यालयको योजना सुधार भएर आउने अपेक्षा रहेको बताए ।


अब बन्ने योजनाहरुमा आपतकालीन शिक्षाको योजना, बिपत योजना, स्टिम शिक्षा, ग्रिन स्कुल जस्ता बिषयहरु प्रभावकारी बनाउनका लागि यि योजना समेट्न जरुरी रहेको छ । र यसलाई चुस्त दुरुस्त राख्नका लागी यस कार्यशालाले टुवा पुर्याउने बताउँदै सस्थाले बिद्यालय तहको शैक्षिक गुणस्तिर बृद्धि गर्नका लागि शिक्षकहरुको क्षमता बिकास र स्थानिय तहको निती योजनाहरुमा समेट टेवा पुर्याएकाले स्याक नेपाल तथा प्लान इन्टरनेशनल नेपाललाई धन्यबाद दिए ।

कार्यशालमामा योजना निर्माणमा नीतिगत ब्यबस्था, विद्यालय सुधार योजना का अनुभव र अभ्यास, बिद्यालयको लक्ष्य उद्देश्य, आबश्यकता बिश्लेशण, विद्यालय सुधार योजनामा प्रधानाध्यापकहरुको नेतृत्व तथा भुमिका बारेमा छलफल गरिने छ ।

यस कार्यशाललाई सहजिकरण गर्न नेपाल सरकारका पुर्व शिक्षासचिब एवम बर्दिया जिल्ला पुर्व जिल्ला शिक्षा अधिकारी जित बहादुर शाहाले सहजिरकण गर्ने स्याक नेपाल शाखा कार्यालय गुलरिया बर्दियाका सिकाइ परियोजना अधिकृत लक्ष्मी प्रसाद शर्माले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

डुडुवा गाउँपालिका वडा नं. ६ मा दाउरा वितरण

२५ पुष २०७९, सोमबार १३:१९
डुडुवा (बाँके) : चिसो अत्याधिक बढेपछि बाँकेका विभिन्न पालिकाले दाउरा वितरण गर्न थालेका छन् । यसै क्रममा बाँकेको डुडुवा गाउँपालिका वडा नं. ६ को कार्यालयले सोमवार हिरमिनिया चोकलगायत विभिन्न ठाउँमा आगो ताप्ने व्यवस्था गरेको छ । वडा कार्यालयको सिफारिसमा हजरात सामुदायिक बनले दाउरा उपलब्ध गराएको वडाध्यक्ष मोहनराम मिश्रले बताए । […]

सम्बन्धित