हिरमिनियामा ब्यावसायिक मकै खेती प्रविधि विषयक कृषकस्तरिय तालिम

२७ फाल्गुन २०७४, आईतवार १९:१४
 

सदरलाइनडटकम
२७ फागुन, नेपालगन्ज : बाँकेको डुडुवा गाउँपालिका वडा नं. ६ हिरमिनियामा ब्यावसायिक मकै खेति प्रविधि विषयक कृषकस्तरिय तीन दिने तालिम आईतबारदेखि शुरु भएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन इकाई (मकै जोन) को आयोजनामा भएको तालिम उद्घाटन कार्यक्रममा सहभागिले मकै जोन कार्यक्रमले कृषकलाई फाइदा पुगेको बताए ।
सरस्वती मावि भंघोटनाको हलमा शुरु भएको तालिममा सहभागीहरुले परियोजनाले कृषकका लागि उल्लेख्य काम गरेको बताउँदै परियोजनाबाट कृषकले फाइदा लिनु पर्ने धारणा राखे ।
मकै जोन संचालक समितिका अध्यक्ष जयपाल मौर्यको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पत्रकार यदुराज मिश्रले कृषकका लागि सरकारले परियोजना संचालन गरेको बताउँदै परियोजनाबाट कृषकले फाइदा लिन सक्नु पर्ने बताए ।
२५ जना कृषकको सहभागिता रहेको तालिममा उनले मकै जोन कार्यक्रमले हिरमिनिया क्षेत्रका कृषकलाई उन्नत खेतितर्फ आकर्षित गरेको बताउँदै धेरैभन्दा धेरै फाइदा लिन कृषक चनाखो हुनुपर्ने धारणा राखेका थिए ।
उद्घाटन कार्यक्रममा मकै जोन परियोजनाका प्रमुख एवं बरिष्ठ कृषि अधिकृत देवेशकुमार मिश्र, कृृषि अधिकृत तथा तालिमका प्रशिक्षक शकिल अहमद, कृषि प्राविधिक गणेशप्रसाद यादव, प्राविधिक जेदु घिमिरे लगायतको उपस्थिति रहेको थियो ।
गुरुदिन यादवले सञ्चालन गरेको तालिममा मकै उत्पादन, यान्त्रिकरण, प्रशोधन, बजारिकरण लगायत विषयमा कृषकलाई तालिम दिइने परियोजना प्रमुख मिश्रले जानकारी दिए ।


 

Next Post

बाँके–बर्दियामैत्री समाज जापानको अध्यक्षमा सुशील मल्ल

२७ फाल्गुन २०७४, आईतवार १९:१४
सदरलाइनडटकम २७ फागुन, जापान : जापानमा बस्दै आएका बाँके–बर्दियाबासीको संगठन बाँके–बर्दियामैत्री समाज जापानको दोस्रो अधिवेशन टोकियोमा सम्पन्न भएको छ । सो अधिवेशनले सुशील मल्लको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति  चयान गरेको छ । सो कार्यसमितिमा उपाध्यक्षमा अर्जुन थापा, बिनोद वली, महिला उपाध्यक्ष दीप्ति राजभण्डारी, महासचिव ओम पौडेल,सचिव आशिष नगरकोटी, रोम पौडेल, […]

सम्बन्धित