मलेसियामाथि नेपालको शानदार जीत

सदरलाइन संवाददाता १६ फाल्गुन २०७९, मंगलवार १५:२३
 

काठमाण्डौ : नेपालले आईसीसी यू–१९ एसिया विश्वकप छनोटमा लगातार चौथो जित हात पारेको छ । मंगलबार यूएईको अजमानस्थित मलेक क्रिकेट मैदानमा मलेसियाले दिएको ७३ रनको लक्ष्य नेपालले ९ ओभरको समाप्तिमा कुनै विकेट नगुमाई पूरा गरेको हो ।

नेपालका लागि दीपक बोहराले ३८ र अर्जुन कुमालले २१ रन बनाएका हुन् । दीपकले २९ बलमा ८ चौकासहित ३८ रन बनाएका हुन् भने अर्जुन २५ बलमा ३ चौकाको मद्दतले २१ रन बनाएका थिए । नेपालले मलेसियाबाट अतिरिक्त १४ रन पाएको थियो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले ३५.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियो । मलेसियाका तीन ब्याटरले बाहेक कसैले पनि दोहोरो अंकमा रन जोड्न सकेनन् । मलेसियाका लागि मोहम्मद मलेकले सर्वाधिक २६ रन बनाए । त्यस्तै मोहम्मद हरिसन र साहिर स्यामेलले १२÷१२ रन बनाए ।


नेपालका लागि दिपेश कण्डेलले सर्वाधिक ४ विकेट लिए । १० ओभर बलिङ गरेका उनले ४ ओभर मेडन फाल्दै ११ रन मात्र खर्चिएका थिए । त्यस्तै आकाश चन्दले ३, मिलन भ बोहोराले २ र सुवास भण्डारीले १ विकेट लिए ।

यसअघि सोमबार नेपालले हङकङलाई ९ विकेटले हराएको थियो । त्यस्तै नेपालले पहिलो खेलमा सिंगापुरलाई ८६ र दोस्रो खेलमा कुवेतलाई २ सय ४३ रनले पराजित गरेको थियो ।

६ राष्ट्र सम्मिलित यस प्रतियोगिताको विजेता टोली अर्को वर्ष श्रीलंकामा हुने आईसीसी यू–१९ विश्वकपमा पुग्ने छ । यूएईविरुद्धको अगामी खेल जितेमा नेपाल राउन्ड रोबिनमा भएको प्रतियोगिता जित्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सल्यान त्रिवेणीका किसानलाई बाख्रा वितरण

१६ फाल्गुन २०७९, मंगलवार १५:२३
सल्यान : किसानको आयआर्जन बढाउने उद्देश्यले सल्यानको त्रिवेणी गाउँपालिकाले बाख्रा वितरण गरेको छ । बाख्राको साना व्यावसायिक पकेट विकास कार्यक्रमअन्तर्गत त्रिवेणी गाउँपालिका–४ फलाबाङका प्रगति कृषि तथा पशुपन्छी समूहका किसानलाई सोमबार बाख्रा वितरण गरिएको हो । समूहलाई ३५ वटा बाख्रा र १ उन्नत जातको बोका प्रदान गरिएको त्रिवेणी गाउँपालिका पशुसेवा शाखाले […]

सम्बन्धित