सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ८ ले अस्थायी प्रहरी पोष्टका लागि साइकल प्रदान गरेको छ । वडा कार्यालयले नगर भवनस्थित प्रहरी पोष्टका लागि १४ हजार बराबरको दुई वटा साइकल मंगलवार एक समारोहबीच प्रदान गरेको हो ।
वडाको वजेटबाट प्रहरीलाई गस्ती गर्न सहजताका लागि साइकल सहयोग गरिएको वडा कार्यालयले जनाएको । वडाका जनप्रतिनिधी, नागरिक समाजका अगुवालगायतको उपस्थितीमा वडा अध्यक्ष सुरेन्द्र गुप्ताले प्रहरी पोष्टका इञ्चार्ज प्रहरी सहायक निरीक्षक बसन्त केसीलाई साइकलको साँचो हस्तान्तरण गरे ।
जनताको सुरक्षार्थ खटिने सुरक्षाकर्मीको हौसला स्वरुप सहयोग गरिएको वडा अध्यक्ष गुप्ताले प्रतिक्रिया दिए । जनप्रतिनिधी, प्रहरी र जनताबीच सुमधुर सम्बन्ध कायम हुनुपर्नेमा जोड दिँदै उनले यस किसिमको सहयोगलाई आगामी दिनमा समेत निरन्तरता दिइने बताए ।
Next Post
स्मार्ट स्कूल बनाउन आध्यात्मिक महोत्सव
२९ माघ २०७५, मंगलवार १६:५६
सम्बन्धित
-
३१ श्रावण २०७८, आईतवार १४:३५
हैटीमा भूकम्प जाँदा तीन सय जनाको मृत्यु
-
१० माघ २०७६, शुक्रबार १४:५७
वडास्तरीय क्रिकेट प्रतियोगिता नेपालगञ्ज शुरु
-
१२ मंसिर २०७८, आईतवार १३:५८
कोभिड संक्रमणबाट बैजनाथका एक पुरुषको मृत्यु
-
१९ कार्तिक २०७५, सोमबार १७:४९
श्रीमद् भागवत् कथा ज्ञान महायज्ञ नेपालगञ्जमा हुने
-
१७ असार २०७६, मंगलवार ११:४०
नेपालगन्जमै कम्युटर ईम्बोईडरी सञ्चालनमा
-
४ भाद्र २०८१, मंगलवार १९:४१
काँग्रेस एमालेको सहकार्यबाट मात्र मुलुकको हित हुन्छ : महासचिव पोखरेल