बैजनाथमा एकदिने स्वास्थ शिविर ४७० ले लिए सेवा

१६ असार २०७६, सोमबार १८:५९
 

सदरलाइनडटकम,
बैजनाथ (बाँके)  : बाँकेको बैजनाथ गाउपालिकाको वडानं.८ मा गर्मिका कारण विभिन्न खालका विरामीको संक्रमण देखा परेपछि एकदिने निशुल्क एकीकृत स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।

स्थानीयमा आँखापाक्ने, नाक कान घाँटीको समस्या, छालाको रोगका विरामी एक्कासी बढेपछी बैजनाथ गाउपालिका वडानं.८ को आर्थिक तथा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्राविधिक सहयोगमा टिटिहिरिया स्वास्थ्य चौकीले सो निशुल्क शिविरको आयोजना गरेको हो ।


सो शिवरबाट ४ सय ७० ले सेवा लिएका टिटिहिरिया स्वास्थ्य चौकीका प्रमुख समेत रहेका हेल्थ असिस्टेन्ट चन्द्रबहादुर खड्काले स्वास्थ्य चौकीमा सिजनल रोगहरुका विरामीको चाप बढेपछि आयोजना गरिएको एकीकृत निशुल्क स्वास्थ्य शिविरमा आँखा, नाक कान घाँटी, स्त्रीरोग, दन्तरोग, जेष्ठ नागरिकलाई स्वास्थ्य जाँच गरिनुको साथै थारु समुदायमा मात्र देखिएको बंशाणुगत समस्याको रुपमा रहेको सिकलसेल एनिमियाँको बारेमा अनुशिक्षण समेत गरिएको बताए ।

सो स्वास्थ्य शिविरमा १८९ जना आँखाको समस्या लिएर आएका मध्ये २४ जना रिफर गरिएको, नाक कान घाँटीका १३८ जनामा १२ जना रिफर, स्त्री ८८ जनामा १७ जना रिफर र दाँतको ५४ जनामा ११ जना सुविधा सम्पन्न अस्पतालमा रिफर गरिएको छ ।

Next Post

 डुडुवाका जनप्रतिनिधि र स्वास्थ्यकर्मीलाई स्वास्थ्यसम्बन्धी क्षमता अभिबृद्धि तथा अभिमुखिकरण

१६ असार २०७६, सोमबार १८:५९
सदरलाइनडटकम, डुडुवा (बाँके) : स्वास्थ्य कार्यालय बाँकेले स्थानीय तहका पादधिकारीहरुको लागि दुई दिने स्वास्थ्य सम्बन्धित क्षमता अभिबृद्धि तथा अभिमुखिकरण कार्यक्रम डुडुवा गाउपालिकामा सम्पन्न भएको छ । गाउपालिकाका प्रमुख प्रशाशकिय अधिकृत विष्णुप्रसाद धितालको अध्यक्षतामा सम्पन्न सो अभिमुखकरण गाउपालिकाका स्वास्थ्यकर्मी तथा जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । दुई दिनसम्म सञ्चालन भएको अभिमुखिकरणमा स्थानीय […]

सम्बन्धित