तुलसीपुरमा खाना पकाउने ग्याँस पड्किँदा दुई जना गम्भीर घाइते

सदरलाइन संवाददाता ४ फाल्गुन २०७९, बिहीबार १२:५६
 

दाङ : दाङको तुलसीपुरमा खाना पकाउने ग्याँस सिलिण्डर पड्किदा दुई जना गम्भीर घाइते भएका छन् । बिहीबार पौने १२ बजेतिर तुलसीपुर उपमहानगरपालिका– १६ लहलौरा निवासी ५० वर्षिय कुसुम केसीले संचालन गर्दै आएको कृषि बिउ उत्पादन कम्पनीमा खाना पकाउने क्रममा ग्याँसको सिलिण्डर ‘लिक’ हुँदा दुई जना गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता पर्वत केसीले जानकारी दिए ।

घाइते हुनेमा कम्पनी संचालक तुलसीपुर १० निवासी ५० वर्षिय कुसुम केसी र चितवन भरतपुर महानगरपालिका ५ घर भई हाल सोही कृषी उत्पादन (कम्पनीको कर्मचारी) कम्पनीमा कार्यरत २९ वर्षिय आशिष खनाल रहेका छन् ।


घाईतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि केसीलाई बाँकेको नेपालगंज र खनाललाई भरतपुर रिफर गरिएको अस्पताललाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हज यात्राका लागि आवेदन खुल्यो

४ फाल्गुन २०७९, बिहीबार १२:५६
काठमाण्डौ : सन् २०२३ मा हज यात्रा गर्न चाहने इस्लाम धर्मावलम्बीका लागि आवेदन खुला गरिएको छ । नेपाल हज समितिले बिहीबार सूचना प्रकाशन गरी आगामी चैत ४ गतेभित्र आवश्यक प्रक्रिया पूरा गरी निवेदन दिन भनेको छ । साउदी अरब सरकारले यसपटक हज यात्राका लागि नेपाललाई १२ सय कोटा छुट्याएको छ […]