वंगलादेश जाने एथलेटिक्स खेलाडीलाई बिदाई

सदरलाइन संवाददाता २२ पुष २०७८, बिहीबार १४:५८
 

नेपालगञ्ज : बंगलादेशमा हुने “बंगबन्ध शेख मुजीवबन्धु म्याराथन”प्रतियोगितामा सहभागी हुने नेपाली खेलाडीहरुलाई बिदाई गरिएको छ । बिहीबार युवातथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक) ले खेलाडी तथा प्रशिक्षकलाई बिदाई गरेका हुन् ।


मन्त्रालयको सभाहलमा आयोजित बिदाई कार्यक्रममा खेलाडीहरुलाई बिदाई गर्दै मन्त्री अथकले जितको अग्रिम शुभकामना दिए । बिगतमा दौडिएरै राजाहुने ऐतिहासिक विरासत बोकेको देशका खेलाडीलाई विश्वका कुनै शक्तिले हराउन नसक्ने बताउँदै मन्त्रीअथकले नेपाली खेलाडीहरु ट्रफि बोकेरै स्वदेश फर्कनेमा आफु विश्वस्त रहेको उल्लेख गरे ।
पौष २६ गते बंगलादेशमा हुने म्याराथनमा १५ राष्ट्रको सहभागिता हुने नेपाली टीमका प्रशिक्षक चन्द्र गुरुङले जानकारी दिए । ४२ किलोमिटर दुरीको फुलम्याराथन प्रतियोगितामा सहभागी हुन गुरुङको नेतृत्वमा नरेन्द्र सिंह रावत, किरण बोगटी र पुष्पा भण्डारी बंगलादेश जान लागेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाघको आक्रमणबाट बाँकेमा फेरी एकजनाको मृत्यु

२२ पुष २०७८, बिहीबार १४:५८
नेपालगञ्ज : बाघको आक्रमणबाट बाँकेमा फेरी एकजनाको मृत्यु भएको छ । राप्तीसोनारी ४ पर्सोना गाउँकी ५२ बर्षीया लिला बिष्टलाई बिहीवार बाघले शिकार बनाउँदा उनको मृत्यु भएको हो । घास काट्न जंगल गएको बेला ती महिलालाई बाघले खाँदा मृत्यु भएको हो । स्थानीय ३ जना महिलाहरुसंगै गएको बेला जलहन सामुदायिक बनको […]