‘निर्वाचन आचार संहिता उम्मेदवारले मनन गर्नेहो’

सदरलाइन संवाददाता २६ बैशाख २०७९, सोमबार १४:३२
 


नेपालगञ्ज  :  बाँकेका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला अदालत बाँकेका बरिष्ठतम न्यायाधिश खडानन्द तिवारीले निर्वाचन आचारसंहित राजनीतिक दल र उम्मेदवार आफैले मनन गर्ने कुरा भएकोले यसको पालना गर्नको लागि आयोगले अंकुश लगाउन नपर्नुपर्नेमा त्यसो हुन नसकेको बताएका छन् ।

सोमबार बिहान संवाद समुहले बाँकेका विभिन्न राजनीतिक दलका उम्मेदवार सहभागी भएको स्थानीय तह निर्वाचन २०७९ आचारसंहिता कार्यन्वयन र प्रतिबद्धता विषयक कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन ।

उनले निर्वाचनमा हुने तडकभडकले विकासमा असर पर्ने कुरा मतदाताले बुझेको बताउदै तडकभडक नगरी आचार संहिताको पूर्ण पालना गर्नको लागि सबै राजनीतिक दल, उम्मेदवार सबैमा आग्रह गरे ।

उनले भने–‘ तडक भडकको खर्च निर्वाचन जितेपछि विकासबाट काटेर उठाउछन भन्ने बुझेका जनाताले तडकभडकमा विश्वास गर्दैनन । त्यसैले आचार संहिता बिपरित कार्य नगर्नुहोला ।’ उनले यसो भनिरहँदा राप्रपाका पार्टी प्रतिनिधिले आचार संहित विपरित चुनाव चिन्ह आंकित गम्छा ओडर कार्यक्रम स्थलमा आएका थिए ।


संवाद समुहका सहजकर्ता शुक्रऋषि चौलागाईले सहजिकरण गरेको कार्यक्रममा एमाले नेपालगञ्जका उपमेयर उम्मेदवार शान्ति ढकाल, राप्रपा मेयर/ उपमेयर उम्मेदवार नन्दलाल बैश्य, बिन्दु चर्तिमगर, राप्रपा नेपालका मेयर उम्मेदवार अभयकुमार बस्नेतले आफुहरुले निर्वाचन आचार संहिता पूर्ण पालना गर्ने प्रतिबद्धता जनाएका थिए ।

आगामी बैशाख ३० मा सम्पन्न हुने स्थानीय तह निर्वाचनमा बाँकेमा निर्वाचन आचार संहिता पालन नभएको गुनासो बढेपछि संवाद समुहले सो कार्यक्रमको आयोजना गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

श्रीलंकाका प्रधानमन्त्री राजापाक्षेले दिए राजीनामा

२६ बैशाख २०७९, सोमबार १४:३२
काठमाडौं : गहिरिंदो आर्थिक संकटबीच चर्किएको सरकार विरोधी प्रदर्शन जारी रहँदा श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेले सोमबार पदबाट राजीनामा दिएका छन् । श्रीलंकाली अखबार डेलीमिररले आफ्नो अनलाइन संस्करणमा राजापाक्षेले राजीनामा दिएको उल्लेख गरेको छ । सरकारविरोधी प्रदर्शनलाई मत्थर बनाउन टापू मुलुक श्रीलंकामा लगाइएको देशव्यापी कफ्र्यु घोषणाका बीच राजापाक्षेको राजीनामा आएको हो […]