सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेमा शुक्रवार थप १४ जनासहित २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बाँकेको राप्तीसोनारी गाउँपालिकाका ७ र बैजनाथ गाउँपालिका गरी १४ जनामा कोरोना पुष्टि भएको हो ।
राप्तीसोनारी वडा नं. ३ की एक १७ महिने बालिकामा समेत संक्रमण भेटिएको छ । यस्तै बर्दियको बढैयातालका २, गेरुवाका १ र गुलरियाका ४ जनामा कोरोना देखिएको अस्पतालले जारी गरेको सूचनामा उल्लेख छ ।
