नेपालगञ्ज–१२ मा नेपाली काँग्रेसको वडा भेला सम्पन्न

सदरलाइन संवाददाता ७ फाल्गुन २०७९, आईतवार १४:२२
 

नेपालगञ्ज : नेपालगञ्ज वडा नम्बर १२ मा आज नेपाली कांग्रेसको वडा भेला सम्पन्न भएको छ । वडा सभापति रामु चिडिमारको सभापतिवत्व एवम् जिल्ला सचिव सुधांशु कोइरालाको प्रमुख आतिथ्यतामा वडा भेला सम्पन्न भएको हो ।

भेलालाई सम्बोधन गर्दै कोइरालाले पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने आवश्यकता औल्याउँदै कसैले पनि गुटको राजनीति गर्न नहुनेमा जोड दिए । युवाहरुले गुटलाई प्रबद्र्धन गर्ने गतिविधि गर्न नहुने उनको भनाई छ ।

वडा भेलालाई क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रमेशकुमार गुप्ता, महाधिवेशन प्रतिनिधि अजितकुमार शर्मा, पूर्व पार्टी सचिव एवम् पूर्व क्षेत्रीय सभापति सुरेन्द्रनाथ सापकोटा लगायतले सम्बोधन गरेका थिए । भेलामा जिल्ला सदस्य सुशिला पन्तले स्वागत मन्तब्य व्यक्त गरेकी थिइन् ।


भेलामा जिल्ला सदस्य अमृत आचार्य, क्षेत्रीय सचिव प्रदिप साहु, सहसचिव तरुणकुमार बज्राचार्य, प्रदेश सहसचिव राजकुमार बाल्मिकी लगायत उपस्थित रहेको वडा सचिव सुकराम चिडिमारले जानकारी दिए । सुकरामका अनुसार त्यसक्रममा रेडक्रस जिल्ला उपसभापतिमा नवनिर्वाचित सुरेन्द्रनाथ सापकोटा र जिल्ला सदस्य अजितकुमार शर्मालाई बधाई ज्ञापन तथा सम्मान गरिएको थियो ।

यस्तै ग्यास सिलिण्डर विस्फोटबाट घाइते भएका कांग्रेस नेता एवम् सांसद डा. चन्द्र भण्डारीको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै सोही घटनामा परी निधन भएकी भण्डारीकी आमाप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सल्यानमा नन्दद्वारा भाउजू माथि धारिलो हतियार प्रहार

७ फाल्गुन २०७९, आईतवार १४:२२
नेपालगञ्ज : सल्यानमा नन्दले भाउजू माथि धारिलो हतियार प्रहार गरेकी छन् । जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नं. ३ मुलखोला बस्ने ३१ वर्षीया दुर्गा ओलीले सोही ठाउँ बस्ने गाउँले भाउजु नाता पर्ने ३७ वर्षीया दुर्गी खड्का संग एक आपसमा सामान्य विवाद हुँदा दुर्गी खड्काको टाउकाको बाँया साईड र बाँया कानमा धारिलो […]

सम्बन्धित