नेपालगञ्ज : भ्यालेन्टाइन डे अर्थात ’प्रेम दिवस’ सोमवार नेपालसहित विश्वभर एकआपसमा प्रेमि जोडीले मनाउँदैछन् ।
प्रेमभक्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा फेब्रुअरी १४ तारिखका दिन प्रणय दिवस मनाउन थालिएको हो ।
एक सातासम्म चल्ने भ्यालेन्टाइन्स डे अन्तरगत आजको दिन सबैभन्दा महत्वपूर्ण र अन्तिम दिन हो । आजको दिन उपहारसँग प्रेम साटासाट गरिन्छ ।
भ्यालेन्टाइन्स डेलाई विशेष गरी युवायुवतीले प्रेम प्रस्ताव राख्ने र आपसमा प्रेमभाव प्रस्तुत गर्ने बहानाका रुपमा लिने गर्दछन् ।