पुडुवागाउमा आगलागी हुँदा एकै घरका तीन बालबालिकाको जलेर मृत्यु

११ बैशाख २०७४, सोमबार १०:३१
 

सदरलाइनडटकम 
११ बैशाख, नेपालगन्ज : बाँकेको डुडुवा गाउपालिका–१ पुडुवा गाउमा आईतबार मध्य रातमा भएको आगलागिमा परेर एकै पविारका ३ जना बालबालिकाको जलेर मृत्यु भएको छ ।
प्रहरीले दिएको जानकारी अनुसार राती साढे ११ बजेतिर भएको सो आगलागीमा परेर मुन्सी मुराउको छ वर्षिय छोरा पवन मुराउ, ८ वर्षिय रामजी मुराउ र १० वर्षिया छोरी सोनी मुराउको सुतेकै अवस्थामा जलेर मृत्यु भएको हो ।
घरमा तीन बालबालिकालाई सुताएर गहुँ दाउन गएका कारण आगो लाग्दा घरमै सुतेका बालबालिकालाई बचाउन नसकिएको जानकारीमा आएको बाँकेका प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थले जानकारी दिए । मृतकको नेपालगन्जको भेरी अञ्चल अस्पतालमा पोष्टमार्टम पछि परिवारको जिम्मा लगाइएको छ ।
स्थानीय दुलारी मुराउको घरबाट सल्केको आगोले ८ बटा घर टहरा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक टेकप्रसाद राईले जानकारी दिए । प्रहरी स्थानीय बासिन्दाको सहयोगमा राती साढे १ बजेतिर आगो नियन्त्रणमा लिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राष्ट्र बैंकको चेक नहुँदा विकास निर्माण ठप्प +

११ बैशाख २०७४, सोमबार १०:३१
सदरलाइनडटकम  ११ बैशाख, नेपालगन्ज : जिल्ला समन्वय समिति बाँकेलाई नयाँ परिवर्तित नाम अनुसारको चेकको पाना नेपाल राष्ट्र बैंक नेपालगन्ज शाखाले उपलब्ध गराउन नसक्दा बाँकेका विकास निर्माणको काम जति प्रभावित भएका छन् । राष्ट्र बैंकबाट समयमा चेक नआएको कारण जिल्ला समन्वय समिति बाँके अन्तरगत चालु आर्थिक वर्षमा सञ्चालनमा रहेका करिव १ […]